arrow

प्रम अाेली, फर्स्ट लेडी शाक्य र पिता मोहनप्रसादलाई अाेली वंशकाे अभिनन्दन

बालुवाटारमा भइछाड्याे अाेली बन्धुहरुकाे भेला 

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
oli_bansa.JPG

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता राखेका छन्  । बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । अाेली बन्धुहरुकाे भेला बालुवाटारमा गर्न लागेकाे भन्दै यसअघि यसबारे निकै अालाेचना भएकाे थियाे । नेकपाकै नेता कार्यकर्ताले समेत अालाेचना गरे । 

अालाेचनाकैबीच ओली वंश अक्षय कोषले बालुवाटारमै कार्यक्रम गर्‍याे । र, ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको छ । 

अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार राखे ।  “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भने, “अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।” 

प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए । “कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्” प्रधानमन्त्री ओलीले भने, “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।” 

सरकार भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्ध भएको प्रधानमन्त्री ओलीको भनाई छ । “अब पुरानो युगको अन्त्य भयो” प्रधानमन्त्री ओलीले भने,“नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नुपर्दछ । ” यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले प्रस्टयाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ