arrow

नेविसंघको महाधिवेशन कार्तिक १६ देखि १८ सम्म गर्ने निर्णय

पक्ष विपक्ष सबै आए एक ठाउँमा

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
NSU_NEW_Flag.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघको संस्थापन र संस्थापन इतर समूह एक ठाउँ उभिएर १२औं महाधिवेशनका लागि संयुक्त रुपमा मिति प्रस्ताव गरेका छन ।

योसँगै लामो समयदेखि चल्दै आएको नेविसंघ भित्रको विवाद अन्त्यतर्फ अघि बढेको छ। संघको १२औँ महाधिवेशन १६, १७ र १८ कार्तिकमा गर्नका लागि अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले सहित नेविसंघ भित्रका सबै समूहहरु सहमत भएका हुन ।

१२ औं महाधिवेशनका लागि अध्यक्ष महरले कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार भएको बैठकमा मिति प्रस्ताव गरेका हुन ।

बैठकमा अध्यक्ष महरले महाधिवेशनको विकल्प नरहेको भन्दै मिति प्रस्ताव गरेका थिए । प्रस्तावित तालिका अनुसार नेविसंघको अधिवेशनहरू असोज पहिलो सातादेखि सुरु हुनेछ ।

प्रस्तावित कार्यतालिका अनुसार महाधिवेशन ७ असोजबाट मावि तथा क्याम्पसको अधिवेशन सुरुवात गरेर हुने नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

यस्तै १२ असोजमा महानगर उपमहानगर र गाउँको अधिवेशनको प्रस्ताव गरिएको छ । यसैगरी प्रदेशतर्फको क्षेत्रमा भने १५ असोज, जिल्लातर्फ  २१ असोज र उपत्यकाका क्याम्पसहरूमा २३ असोजमा अधिवेशनको प्रस्ताव गरिएको भट्टले जानकारी दिएका हुन । 

यसैगरी प्रदेशतर्फको अधिवेशन भने १० र ११ कात्तिकमा गर्ने गरि मिति प्रस्ताव गरिएको छ । महाधिवेशनका लागि १३ कात्तिकमा प्रतिनिधि टुंगो लगाउने १४ कात्तिकमा दाबी विरोधका लागि समय दिइने र त्यही दिन अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका प्रस्तावित छ । 

महाधिवेशनको उद्घाटन १६ कात्तिकमा हुने र बन्दसत्र १७ गते गर्ने तथा १२ औँ महाधिवेशनका लागि मतदान १८ कार्तिकमा गते अध्यक्ष महरको प्रस्ताव छ । 

बैठकमा महरले उमेर हद हटाउन पनि प्रस्ताव गरेका छन । हाल नेविसंघको विधानमा ३२ वर्ष नाघिसकेकाले केन्द्रीय समितिमा उम्मेद्वारी दिन नपाउने प्रावधान छ । 

महाधिवेशनको प्रस्तावित मितिका लागि नयाँ खाका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष निकटका विद्यार्थी नेताहरूले एक हप्ता लामो गोप्य बैठकपछि तय गरेका हुन ।

तर गोप्य बैठकका विषयमा भने उपसभापति विमलेन्द्र निधि पक्षीय समूहका नेविसंघका महामन्त्री सरोज थापा र महामन्त्री डा शशांक कोइराला निकट समूहका विद्यार्थीहरुले असहमती जनाउँदै आएका थिए ।

उनीहरु समेत शनिबारको बैठकमा सहभागी भएर १२ औं महाधिवेशनका लागि नयाँ खाका सहितको मिति प्रस्ताव गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ