arrow

प्रकाण्ड भन्छन् –राज्यले प्रतिशोध साँध्यो, भेट्यो मानवअधिकार सञ्जालले  

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
khadga-bahadur-bishwokarma-prakanda-nekapa.jpg

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ । 

भेटघाटको क्रममा टोलीले प्रकाण्डसँग हिरासत बसाईको अवस्था बारेमा जानकारी लिएको थियो । सो क्रममा नेता खड्काले राज्यले गैरन्यायिक तरिकाले आफुमाथि मुद्धा चलाईरहेको बताएका थिए । 

हिरासत बसाईका क्रममा मानवअधिकार विपरित प्रहरीले व्यवहार नगरेको जानकारी दिँदै उनले राज्यले आफुमाथि राजनैतिक प्रतिशोध साँध्न खोजेको दाबी गरेका थिए । 

भेटघाट पछि विज्ञप्ती जारी गर्दै सञ्जालले प्रकाण्डको श्रँखलाबद्ध गिरफतारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

अदालतले पटकपटक रिहा गर्न आदेश दिँदादिदै पनि बारम्बार प्रकाण्डलाई पक्राउ गर्दा राज्यले आफना नागरिकप्रति प्रत्याभुत गर्नुपर्ने मानवअधिकारको सम्मान गर्न पनि विज्ञप्तीमा आग्रह गरिएको छ ।

यस्तै वार्ताबाट समस्याको समाधान खोज्न पनि सम्बन्धित सबै पक्षलाई सञ्जालले आग्रह गरेको छ । 

प्रहरी हिरासतमा प्रकाण्डको मानवअधिकारका दृष्टिले सन्तोषजनक व्यवहार गरिएको निष्कर्ष आफुहरुको रहेको सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्माले बताए । भेटघाट टोलीमा संयोजक शर्मासँगै, सञ्जालका सदस्यहरु चन्द्रराजत पन्त, सुशिल गौतम, श्रीमन न्यौपाने, भुपेन्द्र वली र जे.एन सागरको सहभागिता रहेको थियो ।  

निर्वाचनका क्रममा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा तुलसीपुर आएको बेला बम विष्फोट गराएको मुद्धा चलाएर शुक्रबार साँझ नेता विश्वकर्मालाई दाङ ल्याईएको हो  । 

अदालतले प्रकाण्डलाई रिहाई गर्न पटकपटक आदेश दिएता पनि प्रहरीले पाँचौ पटक उनलाई गिरफ्तार गरी दाङबाट मुद्धा चलाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ