arrow

प्रहरी र ‘साथी म तिम्रो’ द्धारा रामपुर सरसफाइ अभियान 

logo
सीता डोटेल
प्रकाशित २०७५ भदौ २४ आइतबार
sarasafai2.jpg

पाल्पा । ईलाका प्रहरी कार्यालय रामपुर र ‘साथि म तिम्रो’ संस्थाको संयुक्त आयोजना एवं रामपुर नगरपालिकाको संयोजनमा रामपुर बेझाँडको मुख्य बजार क्षेत्रमा सरसफाई गरिएको छ ।

रामपुर नगरपालिका वार्ड नं ५ बेजाड बजारमा घरपसलबाट निस्केका फोहोर, सडक दायाँबायाँका झाँडी फाडफुड गरिएको हो । 

सभ्य, सुसंस्कृत र सुन्दर समाज निर्माणका लागि नेपाल प्रहरी र नागरिक मिलेर चाडपर्वको समयमा बजार क्षेत्र सरसफाई गरेको साथी म तिम्रो संस्थाकी अध्यक्ष दिपु शाहीले बताइन् ।   

अपराध नियन्त्रणसँगै सामाजिक कार्यमा प्रहरी अग्रसर हँुदै नागरिक र प्रहरीको सम्बन्ध सुमधुर बनाउन सहकार्य गरेर बजार आसपासका इलाकामा सरसफाई गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए ।

यस्ता प्रयासले समाजमा रहेको अपराधको जालोलाई तोड्ने कार्यको अलावा बिभिन्न किसिमका कार्यक्रमले एक आपसमा बिश्वास र भरोसाको बाताबरण श्रृजना गराउने प्रहरी निरीक्षक पाण्डेले बताए । 

सरसफाई कार्यक्रमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले स्थानीय संघसंस्थाको सहकार्यमा नगरपालिकाले समय–समयमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिन सक्ने बताइन् । 

युवाहरुको समुह र प्रहरीले गरेको सरसफाई अभियानको प्रशंसा गर्दै उनले सभ्य र सफा बनाउन सकेमात्र अन्य विकासले गति लिने पनि बताइन् । 

पत्रकार सीता डोटेलले रामपुर बजारमा बढ्दो शहरीकरण र अव्यबस्थित भइसकेकाले स्थानीय निकाय र संघसंस्थाको समन्वयमा प्रत्येक हप्ता सरसफाई कार्यक्रम गर्दै लैजानुपर्नेमा जोड दिइन् । 

अभियान अन्तर्गत बेझाँड बजार चोक, ठाडो लाइन, मालपोत कार्यालय चोक पांच घुम्टी, सहकारी पथ लगायतको बजार क्षेत्रमा उपमेयर घिमिरे, प्रहरी निरीक्षक भोजराज पाण्डे, वडाध्यक्ष हिमाल मल्ल सहित वडा सदस्य, संस्थाका ३६ बढी युवा, पत्रकार प्रहरी तथा स्वर्तस्र्पुmत निस्केका व्यापारी व्यबसायीले  हातहातमा झाडु, कोदालो, हसिया र फोहोर मलाई डस्टबिन, डोको, लिएर बजार सरसफाई गरेका थिए । 

नगरपालिकाको गाडीले बजार पछाडिको भागमा फोहोर व्यबस्थापन गरेको थियो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ