arrow

माछाको भुरा उत्पादनमा आत्मनिर्भर बन्यो रुपन्देही 

logo
आचार्य प्रदीप
प्रकाशित २०७५ भदौ २४ आइतबार
fish-small.jpg

बुटवल । रुपन्देही माछाका भुरा उत्पादनमा आत्मनिर्भर बनेको छ । सरकारीसहित निजी ह्याचलिङ र नर्सरीकर्ताले भुरा उत्पादन गर्न थालेपछि जिल्ला भुरा उत्पादनमा आत्मनिर्भर बनेको हो ।

रुपन्देहीमा वार्षिक करोडौं माछाका भुरा उत्पादन हुँदै आएको छ । निजी तथा सरकारी उत्पादनकर्ताहरुले जिल्लाको आवश्यकताअनुसार भुरा उत्पादन गर्दै आएपछि रुपन्देही भुरा उत्पादनमा आत्मनिर्भर बनेको छ । 

जिल्लामा मत्स्य विकास केन्द्रसहित निजी क्षेत्रबाट संचालित ह्याचलिङ्कर्ताहरु ४ वटा छन् । यी निजी ह्याचलिङ्ले जिल्लाको कुल मागको ८० प्रतिशत भुरा उत्पादन गर्दै आएका छन् । 

यस्तै आकारअनुसारका माछा राख्नका लागि निजी क्षेत्रका २ वटा नर्सरी पनि छन् । माछा पालनमा आकर्षण बढ्दै जाँदा भुरा उत्पादनकर्ताहरु पनि बढ्दै गएका हुन् ।मत्स्य विकास केन्द्रले मात्रै आर्थिक वर्ष ०७४–०७५ मा करोडोभन्दा बढी भुरा उपादन गरी विक्री वितरण गरेको छ । 

कार्यायका अनुसार ह्याचलिङ् ४ करोड ६८ लाख उत्पादन भएको छ । यस्तै फ्राई १० लाख ४० हजार र फिङ्गलिङ् ३४ लाख ५२ हजार उत्पादन भएको छ । 

शुद्ध नस्लमा ह्याचलिङ् २८ लाख ५० हजार र फिङ्गलिङ् २ लाख ९ हजार उत्पादन भई विक्रीवितरण भएको छ । 

यहाँ उत्पादन भएका भुरा भातर समेत निकासी हुँदै आएका छन् । ०७४÷०७५ मा ह्याचलिङ् १० लाख, फ्राई १ लाख तथा फिङ्गलिङ् ७८ हजार भारत निकासी भएको छ । मनग्य आम्दानी, पानी पर्याप्त हुनु, समथर भूभाग जस्ता कारणले पनि मत्स्य पालन तथा भुरा उत्पादनमा आकर्षण बढ्दो छ ।

माछा पालनमा आकर्षण बढ्दै जाँदा सरकारले २०७३–०७४ बाट सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत जिल्लाको मायादेवी, सुद्धोधन, सियारी र गैडकवालाई मत्स्य जोनको रुपमा विकास गरिँदै छ । रुपन्देही कुल १० हजार ८० हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ । 

मत्स्य विकास केन्द्रकाअनुसार प्रति हेक्टर क्षेत्रफलमा एक पटकमा १० हजार भुरा राख्न सकिन्छ । रुपन्देही उत्पादित भुरा पाल्पा, स्यांजा, सिराहा, धनुषा, बाँके, बिर्दया, कैलाली, कंचनपुरसहित पहाडी जिल्लाहरुमा समेत बिक्री बितरण हुँदै आएको छ । 

यहाँ कमन क्राफ, सिल्भर क्राफ, बिग हेड क्राफ, ग्रासक्राफ, नैनी, रहु भाकुर, टिलपिया, प्रजातिका माछाका भुरा उत्पादन हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ