arrow

जादू–टुना गरेको भनेर पिटिपिटि महिलाको हत्या 

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
hatya-jadutuna.jpg

काठमाडौं । अहिलेका जमानामा पनि जादूटुनाको अन्धविश्वासमा परेर कसैले ज्यान नै गुमाउँछ भने त्यसलाई के भन्ने । भएको छ त्यस्तै । 

घटना हो नेपालसंग सीमा जोडिएको भारतको विहार राज्यको । विहारको सासाराम जिल्लामा शनिबार चार जनाले मिलेर एक महिलालाई जादू–टुनाको शंकामा पिटिपिटि मारेका हुन् । 

प्रहरीले चार जनामध्ये तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई अदालतमा पठाउने आदेश भइसकेको छ । 

यसअघि विहारकै बेगुसराय जिल्लामा तीन जनाको पिटिपिटि हत्या गरिएको थियो । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ