नेपाली सेनाको ४३ औं प्रधानसेनापति थापालाई दर्ज्यानी चिह्न प्रदान, सम्हाले कार्यभार
प्रकाशित २०७५ भदौ २४ आइतबार
1k
Shares
काठमाडौं। नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिह्न पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति थापालाई आइतबार दज्र्यानी चिह्न प्रदान गरेकी हुन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ अधिकारीहरु सहभागी थिए।
दज्र्यानी चिह्न पाएसँगै नवनियुक्त प्रधान सेनापति थापाले सैनिक मुख्यालय जंगीअड्डा पुगेर कार्यभार सम्हालेका छन्। उनी सेनाको ४३ औं प्रधानसेनापति बनेका छन्।