बेगनास ताल डुंगा दुर्घटना : बेपत्ता भएका सबैको शव भेटियो, अन्तिममा भेटिने नेपाली सैनिक
प्रकाशित २०७५ भदौ २४ आइतबार
715
Shares
कास्की । पोखराको बेगनास तालमा डुंगा दुर्घटनामा बेपत्ता भएका सबै ६ जनाको शव फेला परेको छ । खोजीका क्रममा १७ वर्षकी मनिष कँडेल, ४ वर्षका रञ्जित गैरे, ५ वर्षका प्राचीन पौडेल, ६ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल र ३२ वर्षका रवि खनालको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
रविले डुंगा चलाउँदा डुुबेको थियो । रवि खनाल नेपाली सैनिक हुन् । डुंगासँगै डुेबकामध्ये हिजै चार जनाको उद्दार गरेर लेखनाथ लायन्स अस्पताल लगिएकोमा २ जनाको उचपारकै क्रममा मृत्यु भएको थियो । पहिलो शव पौने १० बजे र अन्तिम शव मध्याह्न १२ बजे भेटिएको प्रहरी प्रवक्ता खनालको भनाई छ ।
शनिबार उद्दार गरेर अस्पताल लगिएका मध्ये तनहुँ भीमादकी ३२ वर्षिय जमुना कडेंल र नवलपरासीकी ५१ वर्षिया कृष्णकुमारी कडेंल बजगाईको उपचारकै क्रममा मृत्यु भएको हो । सपना खनाल र निशा पौडेललाई भने स्थानीयले उद्दार गरेका थिए । डुंगा चलाउने सीप नभएकोले चलाएको र डुंगा चुहिने भएका कारण डुंगा डुुबेको प्रहरीको भनाई छ । बेगनास तालको लिब्दी टुडँमा डुंगा डुबेको हो । उनीहरु लाइफ ज्याकेट नलगाइकनै डुंगा लिएर गएका थिए ।