arrow

यसरी सम्भव भयो बेगनासमा डुुबेकाहरुको शव निकाल्न (भिडियो सहित)

स्थानीयलाई बेवास्ता गर्दा ढिलाई 

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
begnas.JPG

कास्की । पोखराको बेगनास तालमा डुंगा दुर्घटनामा बेपत्ता भएकाहरुको शव २४ घण्टापछि निकालिएको छ । शनिबार मध्यान्हपछि डुंगा दुर्घटना भएको थियो । बेपत्ता भएकाहरु सबैको शव निकाल्न २४ घण्टा लागेको हो । 

किन लाग्यो २४ घण्टा ? 

घटना भएको खबरपछि कास्की प्रहरी र सेनाको टोली शनिबार बेगनास पुगेको थियो । शनिबार सुरक्षाकर्मीको टोली गएपनि, उनीहरुसँग आवश्यक प्रविधि नभएकोले केही उपलब्धी हात पार्न सकेनन् । शव सबै स्थानीयले पानीबाट निकालेका हुन् । स्थानीयले निकालेको शव पाखासम्म ल्याउन सुरक्षाकर्मीले सहयोग गरेका हुन् । बेगनासमा यसअघि पनि डुंगा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो । त्यो बेला स्थानीय र जलारी मिलेर शव निकाले ।

तर, क्रेडिट लिए सुरक्षाकर्मीले । संचार माध्यमले समेत क्रेडिट नदिएपछि, त्याे बेला जलारी र स्थानीय दुःखी थिए । शनिबारको डुंगा दुर्घटनाभएपछि आएका सुरक्षाकर्मीसँग पनि जलारी र स्थानीले हामी २ घण्टामा शव निकाल्न सक्छौं भनेका थिए । 

आफ्नै ठाउँमा दुर्घटना भएपछि वास्ता नगरी बस्नु हुँदैन भनेर बेगनासको होटल एशोसिएनले अाइतबार राति नै जलारीलाई शव निकाल्न अनुरोध गरेको थियो । होटल एशोसिशनको अनुरोधपछि, अाइतबार विहान १० बजे १४ डुंगा सहित जलारी टाेली निस्कियाे, स्थानीय सहित । जलारी टोली तालमा पुगेपछि मात्रै शव निकाल्न थालिएको थियो । जलारी र स्थानीय पुगेको २ घण्टामै सबै शव निकालिएको हो ।

उनीहरुले खोजी गरिरहेकै बेला धादिङको मलेखुबाट २०-२२ जनाको टोली आइपुगेको थियो । तर, सबै शव जलारी र स्थानीय मिलेरै निकालेको बेगनास तालका सुरेश लामिछानेले जानकारी दिए । सेना पुलिसँग उचित प्रविधि नभएको र स्थानीयलाई वेवास्ता गरेका कारण शव निकाल्न ढिलाई भएको लामिछानेको भनाई छ । 

(हेर्नुस् भिडियो)

तालबाट आइतबार १७ वर्षकी मनिष कँडेल, ४ वर्षका रञ्जित गैरे, ५ वर्षका प्राचीन पौडेल, ६ वर्षका शंकर खनाल,  ८ वर्षका शिव खनाल र ३२ वर्षका रवि खनालको शव निकालिएको हो । रविले डुंगा चलाउँदा डुबेको थियो । रवि खनाल नेपाली सैनिक हुन् । डुंगासँगै डुेबकामध्ये शनिबारै चार जनाको उद्दार गरेर लेखनाथ लायन्स अस्पताल लगिएकोमा २ जनाको उचपारकै क्रममा मृत्यु भएको थियो । शनिबारै स्थानीयले  उद्दार गरेर अस्पताल पुर्‍याइएका तनहुँकी जमुना कडेंल र नवलपरासीकी कृष्णकुमारी कडेंल बजगाईको उपचारकै क्रममा मृत्यु भएको हो । सपना खनाल र निशा पौडेल भने उपचारपछि घर फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ