arrow

बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन होइन : परराष्ट्रमन्त्री ज्ञवाली 

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
gyawali.JPG

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)लाई हरसम्भव आर्थिक विकासका क्षेत्रमा केन्द्रित गर्ने प्रयास भइरहेको बताएका छन् । 

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले बिम्स्टेक रणनीतिक र सुरक्षासँग सम्बन्धित सङ्गठन नभएकाले यसको गतिविधि आर्थिक र प्राविधिक सहयोगमा नै केन्द्रित रहँदै आएको उल्लेख गरे । स्वतन्त्र, असंलग्न र शान्तिपूर्ण नीतिका आधारमा नेपाल बिम्स्टेकलगायत सङ्गठनमा सहभागी हुँदैआएको बताउँदै परराष्ट्रमन्त्री ज्ञावलीले सरकारले आफ्नो मुलुकको अधिकतम हितलाई ध्यानमा राखेर काम गर्ने स्पष्ट पारे । 

बिम्स्टेक मुलुकको शिखरसम्मेलनका सन्दर्भमा कुनै पनि तहमा संयुक्त सैनिक अभ्याससम्बन्धी विषयमा छलफल र निर्णय नभएको बताउँदै उनले सुरक्षाको विषय उठाउँदा परम्परागत ढङ्गबाट मात्र होइन, विपद् व्यवस्थापन, जलवायु परिवर्तनजस्ता विषयलाई पनि जोडेर हेर्न आवश्यक छ, भने । 

यसअघि ज्येष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुरक्षा र कूटनीतिजस्ता विषयमा निर्णय लिनुअघि सदन र सरकारका विभिन्न तहमा पर्याप्त छलफल आवश्यक रहेको बताउनुभयो । उनले भने, 'नेपाल राष्ट्रको सार्वभौमसत्ता र नेपाली जनताको बृहत्तर हितलाई केन्द्रित गरेर निर्णय हुनुपर्छ, नेपाली जनताले आशङ्का गर्ने र राष्ट्रहित विपरीत हुन जाने काम कसैबाट हुनुहुन्न, हामी असंलग्न परराष्ट्र नीतिबाट टाढा जान सक्दैनाैं, सार्कलाई समाप्त पार्नेतर्फ जाँदैनाैँ ।' 

बैठकमा समितिका सदस्यले मुलुकलाई दूरगामी रुपमा असर पर्ने विषयमा निर्णय लिनुअघि सदन र समितिलाई विश्वासमा लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ