arrow

निर्मला हत्या प्रकरण : प्रहरीका एकपछि अर्को गल्ती खुल्दै, अपराध कबुल गराउन बर्बर यातना 

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
nirmala1.JPG

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकि १३ वर्षिया निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्ने प्रहरीबारे एकपछि अर्को तथ्यहरु खुलिरहेका छन् । 

संघीय संरचनामा अझै जान नसकेको प्रहरीले देशभर रहेका ७ सय ५३ वटै स्थानीय तहमा आफ्नो उपस्थिति रहेको घोषणा गर्‍यो । तर, घटनाको अध्ययन अनुसन्धान गर्ने स्रोत साधन सहितको संरचना अझै खडा गर्न सकेन । 

बलात्कार, गोलीबारी, विष्फोट र हत्याका अन्य घटनाबारे प्राविधि पुष्टि गर्ने फरेन्सिक टोली प्रहरीले अझै विस्तार गर्न सकेको छैन । विधि विज्ञानमा प्रहरी पछाडि रहेको बताईन्छ । यति सम्म कि नेपालका कलेजहरुमा मेडिकल साइन्सको प्राध्यापकले विधिविज्ञान पढाईरहेको भेटिन्छ । 

कारण प्रहरीले अहिले पनि बलात्कार, हत्याका घटनाको दोषी पत्ता लगाउन शंका लागेका व्यक्ति ल्याएर कुटपिट गरी अपराध कवुल गराईरहेको छ । त्यसको पछिल्लो उदाहरण निकै चर्चामा आएको कञ्चनपुर घटनामा पनि देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार प्रहरीको अपरिपक्वता कञ्चनपुर घटनामा छरपस्ट भएको छ ।     

उनले भनिन्, ‘हाम्रो प्रारम्भिक प्रतिवेदनले अनुसन्धानमा व्यापक त्रुटि देखिएको र लापर्वाहीहरु देखिएको भनिसकेको छ ।’ त्यहाँ बस्दा धेरै कुराहरु देखिए । ‘यो घटनाबाट अर्को एउटा महत्वपूर्ण कुरा के देखियो भने, यातना दिएर व्यक्तिलाई अपराध कबुल गर्न लगाईएको छ’ प्रवक्ता अन्सारीले भनिन् । यातना दिएर कसैलाई पनि अपराध कबुल गराउन मिल्दैन । अपराधका विभिन्न आयामहरु हुन्छन्, त्यसमा प्रमाण सबैभन्दा ठूलो कुरा हो । 

उनका अनुसार यातना दिएर अपराध कबुल गराईएको छ, भने अदालतले समेत त्यो कुरालाई स्वीकार्दैन । तर, कञ्चनपुरको निर्मला हत्याको घटनामा यी पाटाहरु देखिएको छ । हामीले धेरै जनालाई भेटेका छौँ । ५–६ जनालाई बर्बर यातना दिएको रिपोर्ट हामीले प्राप्त गरेका छौँ । आजको दिनमा पनि अपराध कवुल गराउन यातना दिन पाईन्छ ? उनले प्रतिप्रश्न गरिन् । संविधानमा त त्यस्तो लेखिएको छैन, उनले अगाडि भनिन्, ‘घटनास्थल नजिक घर परेकै कारण कसैलाई लगेर विना सूचना थुन्न पाईँदैन । थुनेपछि अपराध गरे जसरी नै धरौटी लिएर रिहा गर्ने प्रवृत्ति त गलत हो नि ! यसरी यातना दिने प्रहरी पनि कारबाहीको भागिदार हुनुपर्छ । 

त्यस्तो पनि देखियो र ? जवाफमा उनले भनिन्, ‘त्यस्ता कुराहरु पनि देखियो । युवाहरु जो घटनाको सेरोफेरोमा देखिए । उनीहरुलाई विश्वासमा लिएर राज्यको प्रतिनिधिको रुपमा ट्रिट गरेर अपराधको निराकरण गर्न सकिन्छ । कस्तो भयो भने, उनीहरुलै अपराधी हुन्, भन्ने ढंगले व्यवहार गर्नु राम्रो होईन । प्रहरीले सँधै भनिरहेको छ । हामी बदलियौँ । हामी मुस्कानसहितको प्रहरी भनिराखेको छ । तर, त्यो देखिएन कञ्चनपुर घटनामा । यसरी त अपराध नियन्त्रण हुँदैन ।’ अपराध नियन्त्रणका विभिन्न विधिहरु अपनाउनु पर्दछ । व्यक्तिलाई ल्याएर कुटेर अपराध न्यूनिकरण हुँदैन । 

यस्तै, उनले घटनाको अनुसन्धानपछि व्यापक रुपमा जनअसन्तुष्टि किन बाहिर आयो ? जुन प्रकारले जनअसन्तुष्टि आयो त्यो निकै गहन र ठूलो प्रश्न हो, भनिन् ।  उनले अगाडि थपिन् ‘प्रहरीका विशिष्टिकृत प्रहरी अधिकारीमाथि चार्जेजहरु आइराखेको छ । हुँदै जाँदा उहाँहरुले मैले यो गरेको छैन, मैले मेरो व्यवसायिक दक्षता अनुसारको अनुसन्धान गरेको हो भनेर उहाँहरुरुले मासमा भन्नुपर्ने अवस्था आउन सक्छ । ती चुनौतीहरु पर्याप्त देखिन्छन् ।’ 

मानवअधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ, उनले भनिन्, ‘हामीले त्यो कुरालाई छिट्टै सार्वजनिक गर्छौँ । हाम्रो अनुसन्धान पूरा भइनसकेकाले अहिले नै धेरै कुराहरु भन्न अफ्ठयारो हुन्छ ।’

मानसिक र उत्तेजना जाँचपछि दिलिप विष्ट कञ्चनपुरमा 
निर्मला हत्या घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दोषीका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई स्वास्थ्य परीक्षणपछि महेन्द्रनगर फकाईएको छ । उनलाई सार्वजनिक गर्दा प्रहरीले नै मानसिक अवस्था ठिक नभएको भनेको थियो । 
निर्मलाको हत्या भएको २६औं दिनमा प्रहरीले मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका विष्टलाई १० दिन स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल र पाटन अस्पतालमा राखियो । उनको मानसिक अवस्था ठीक भए नभएको र यौन उत्तेजना परीक्षण गर्न प्रहरीले काठमाडाैं ल्याएको थियो । 

उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको छ, तर, खामबन्दी गरिएको रिपोर्छ  अदालतमा पेश हुन्छ हुनेछ । दिलिपका दाई खडकले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल कञ्चनपु्र पुगेका बेला आफ्नो भाई निर्दाेष भएको र तत्कालीन अनुसन्धानमा खटिएका प्रहरीले फसाउन खोजेको सुनाए । 

उनले प्रहरीले घरबाटै सर्टको टुक्रा लगेर घटनास्थलमा फालेर फर्जी प्रमाण देखाउन खोजेको कुरा पनि खनाललाई जानकारी गराए । स्वास्थ्य परीक्षणका नाममा काठमाडौं लगेर चरम यातना दिने काम गरेको भन्दै उनले आफ्नो भाईको रिहाईका लागि पहल गरिदिनसमेत अनुरोध गरे । प्रहरी महानिरीक्षक खनालले घटनाबारे सबै थाहा पाएको र दोषीको चिट पनि उनको खल्तीमा परिसकेको चर्चा हुन थालेको छ कञ्चनपुरमा । केही दिनमा अनुसन्धानको प्रारम्भिक नजिता आउने बताइँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ