धनकुटा। बीपीको विचार अहिले पनि उत्तिकै सान्र्दभिक भएता पनि कांग्रेसजनले भने बीपीलाई बिर्सदै सरोकारवालाहरुको गुनासो छ। १०५ औ बीपी जयन्तीको अवसरमा धनकुटामा नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको बीपी विचार गोष्ठी कार्यक्रममा सहभागी नेता तथा कांग्रेसजनले यस्तो बताएका छन।
सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द सन्तोषी राई र पूर्व सल्लाहकार तथा धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक गोपाल अधिकारीले विपीको विचार प्रस्तुत गर्दै विपीको विचार अहिले पनि सान्र्दभिक भएकाले व्यवहारमा साचो अर्थमा उत्तार्नु पर्नेमा जोड दिए।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको बीपी विचार गोष्ठी कार्यक्रममा एक नम्वर प्रदेशका सांसद लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्य दिनेश राई, जिल्ला सदस्य सिता श्रेष्ठ, नेपला शिक्षक संघका एक नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाल तरुण दल धनकुटा क्षत्रिय अध्यक्ष तिलक महतले विपीको विचार आज पनि सान्र्दभिक भएतापनि कांग्रेसजनले नै विपीलाई विर्सदै गएको बताए। उनको विचारलाई नै पनि व्यवहारमा उत्तार्न नसकेकोले कांग्रेस र देशमा संकट सिर्जना हुन लागेको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु रविन्द्र नेपाली, अम्विका परियार, आमन्त्रित सदस्य गोविन्द्र वाग्ले, पूर्व जिल्ला सदस्य राजन पौडेल, भक्त वहादुर भण्डारी, क्षेत्रिय सभापति जितेन्द्र राई, कोषाध्यक्ष निरुपा राईनेपाल टेड युनियन काग्रेसका अध्यक्ष विगेन्द्र याक्खा, नेपाली कांग्रेसका धनकुटा नगरपालिका वडा नं. ६ का सभापति तथा निर्वाचित वडा अध्यक्ष नरेश श्रेष्ठ, नगर समितिका उपसभापति मिलन खड्गी, सदस्य भैरव पाचकोटी उपस्थिति थियो।
त्यस्तै वडा नं. ७ का सभापति सुनिल कुमार डंगोल, तेलियाका सभापति मेखराज खतिवडा, नेविसंघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल, उपाध्यक्ष बिर्मश अमात्य, क्याम्पस अध्यक्ष सरोज धमला, नेपाल महिला संघ धनकुटा नगरका सचिव रेणु श्रेष्ठ, सागुरीगढी वडा नं. ६ का निर्वाचित वडाध्यक्ष सुन वहादुर राई लगायतका नेता तथा कार्यकर्ताहरुले बीपीको फोटोमा फुलमाला लगाइ श्रद्धाञ्जली व्यक्त गर्दै विपीको विचारलाई अव व्यवहारमा उत्तानु पर्नेमा जोड दिएका छन्।
बीपीलाई विर्सेनी र उनको विचारलाई व्यवहारमा नत्तार्ने हो भने कांग्रेसका लागी ठूलो र्दुभाग्य र मुलुकै लागी पनि संकट हुने समेत उनीहरुले चेतावानी दिएका छन्।