arrow

महिलाहरुलाई कानुनी सचेतना, तीजमा दरको विकृतिभन्दा ज्ञान लिनु नै श्रेयकर

logo
सरिता तिम्सिना पगेनी
प्रकाशित २०७५ भदौ २५ सोमबार
teej-anusikshan.jpg

पोखरा । महिलाहरुको महान् पर्र्व हरितालिका तीजको रौनक पोखरामा ह्वात्तै बढेको छ । पोखराका होटल, पाटी प्यालेसमा दर खाने र नाँचगान गर्ने महिलाहरुको समूह प्रसशस्तै भेटिन्छ । 

स्कुल, कलेजदेखि सहकारी, बैंक, महिला समूह, क्लबदेखि विभिन्न संघ संस्थालाई आफ्ना संस्थामा आबद्ध चेलीबेटीलाई दर खुवाउने, शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न भ्याइनभ्याइ छ । तर तीज कै सन्दर्भमा वडा नं ३ महिला समूह पोखराले भने पृथक तरिकाले तीजको शुभकामना साटासाट गरेको छ । 

समूहले महिलाहरु बिच कानुनी सचेतना कार्यक्रमको  आयोजना गरि तीजको शुभकामना साटासाट गरेको   हो । तीजको अबसरमा दर खाने नाँच्ने गाउने  मै सिमित रहनु भन्दा यहि भदौ १ देखि लागु भएको मुलुकी देवानी तथा फौजदारी संहिता ऐन, २०७४ मा महिलाको पक्षमा  विद्यमान कानुनी ब्यवस्थाको बिषयमा महिलाहरुलाइ जानकारी गराउन आबश्यक ठानेर समूहले कानुनी सचेतना कार्यक्रम राखेको  समूहकी अध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी  दिइन् ।

तीजको कार्यक्रम भनेपछि महिलाहरुको बाक्लै उपस्थिति  रहने र सोही मौकामा कानुनी सचेतनाका कार्यक्रम राख्न सके धेरै महिलाहरुमा सचेतना बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नं ३ की कार्यबाहाक अध्यक्ष साबी परियारले तीजको बेला भन्दै नाँचगानमै रमाउने भन्दा पनि लैंगिक हिसा निबारणको लागि कानुनी सचेतना कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताइन् ।

यस्ता कार्यक्रमले महिलाका मुद्यालाइ सामुहिक रुपमा उठाउन मद्यत पुग्ने उनको भनाइ छ  । नेपाल महिला संघका केन्द्रीय सदस्य तारा अधिकारीले जनसंख्याको आधारमा महिलालाई राज्यका हरेका निकायमा सामानुपातिक सहभागिताको लागि सबै महिलाहरु एकजुट भएर लाग्नु पर्ने बताइन् । 

नेपाली काँग्रेसका नेता सरस्वती गुरु ले संबिधान र कानुनमा समेटिएका महिलाको सवाललाइ ब्यबाहारमा कार्यन्वयन गराउन टोल टोलका महिला समूहले कानुनी सचेतना कार्यक्रमको आयोजना गर्नु पर्नेमा जोड दिइन् । 

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३ का  विभिन महिला समूहमा आबद्ध सय जनाको सहभागिता रहेको थियो । कार्यक्रमका अधिकाँश सहभागीले देवानी, फौजदारी संहिताको बिषयमा आफुहरुले पहिलो पटक सुन्ने र बुझ्ने मौका मिलेको प्रतिक्रिया दिए।कार्यक्रमलाइ पोखरा उच्च अदालत बार एशोसियशनका सदस्य अधिबत्ता गीता लामिछाने बिष्टले सहजीकरण गरेकी थिइन् ।

समूहकी अध्यक्ष सरिता तिम्सिना पगेनीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी पराजुली, पुर्ब सभासद कृष्ण कुमारी परियार समाजसेबी बिष्णु बाँस्तोला, समूहका उपाध्यक्ष पार्बती पाण्डे , सचिब मिम कुमारी श्रेष्ठ पौडेल  लगायतले बोलेका थिए ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ