भारतलाई बिमस्टेक झड्काः संयुक्त सैन्य अभ्यासमा नेपालमात्र हैन थाइल्याण्ड र भुटान पनि नजाने
प्रकाशित २०७५ भदौ २५ सोमबार
371
Shares
काठमाडौं। बिमस्टेक फोरम सम्बद्ध मुलुकका सेनाबीच सोमबार (भदौ २५ गते) देखि भारतको पुणेमा सुरु हुने संयुक्त सैन्य अभ्यासमा नेपालसंगै थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएको छ।
बिमस्टेकमा भारतको हालीमुहाली रहँदै आएकामा काठमाडौंमा हालै सम्पन्न चौथो शिखर सम्मेलनमा भारतमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको थियो।
भदौ ३१ सम्म आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासमा नेपालमा ब्यापक आलोचना हुन थालेपछि तत्कालीन अवस्थामा सहमति जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यासमा सहभागीता नजनाउने निर्णय गरेका थिए।
अहिले थाइल्याण्ड र भुटान सरकारले पनि अब्जर्भर मात्रै पठाउने र अभ्यासमा आफू सहभागी नहुने निर्णय गरेको हो।