प्रधानमन्त्री ओलीको निर्देशन मन्त्रीले नै टेरेनन्, निर्देशनको ५० दिन व्यर्थैमा सकियो
यातायात व्यवसायीले सरकारलाई गाडीको साँचो बुझाउँदै
प्रकाशित २०७५ भदौ २५ सोमबार
492
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको अवस्था ठीक पार्न र सार्वजनिक यातायातको क्षेत्रमा सिन्डिकेट पूर्ण रुपले हटाउने दिएको निर्देशनको ५० दिन पुगे पनि निर्देशन पालना भएको छैन।
प्रधानमन्त्री ओलीले गत असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिवसहितका पदाधिकारी लगायतसंग छलफल गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए। उनले १५ दिने समय दिए पनि अहिलेसम्म कुनै छेउँको काम पनि पूरा भएको छैन।
यातायात मन्त्रीले सिन्डिकेट पूर्ण रुपमा अन्त्य भएको जनाए पनि अहिलेसम्म केही पनि हुन सकेको छैन। जथाभावी गाडीहरु जुनसुकै रुटमा जोत्नेबाहेक केही नभएको गुनासो यातायात व्यवसायीहरुको रहेको छ।
नजिकिँदो बडादशैंका लागि गाडीमा अग्रिम टिकट लिने अवस्था समेत देखिएको छैन। भदौ २४ देखि नै अग्रिम टिकट खुल्ला गर्ने निर्णय सरकारले गरेको थियो। सरकारी ज्यादति भएको भन्दै यातायात व्यवसायीहरुले असोज २ गते गाडीको साँचो यातायातमा लगेर बुझाउने निर्णय गरिसकेका छन्।
एक व्यवसायीले हाम्राकुरासंग भने, ‘असोज १ गते विश्वकर्मा पूजा गरिन्छ अनि २ गते गाडीको साँचो यातायातमा छाडिन्छ।’ त्यसैगरी सडकको अवस्था दिनानुदिन खस्किँदो छ । कलंकी थानकोट सडक, बौद्ध जोरपाटी सडकका साथै उपत्यकाका सडकका खाल्डाखुल्डीसंगसंगै मुलुकभरका सडकमा महसुस हुने गरी सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए।
काठमाडौंका खाल्डा पुर्न त जम्मा १५ दिनको निर्देशन दिइएको थियो ।