arrow

तरुण दलका नगर सभापति हत्याको विरोधमा रोल्पा बन्द 

पुनको शव जिल्ला अस्पतालमा

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
rolpa-final.png

रोल्पा । नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण सोबार बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । 

तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । 

पुनको आइतबार अपरान्ह पूर्व माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए । 

बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । 

बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् । 

लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् । 

पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ । 

अपराधीलाई कारवाही नहुँदासम्म आन्दोलन जारी रहने नेपाल विद्यार्थी सङ्घ रोल्पाका सचिव नारायण रेग्मीले बताए ।

मृतक पुनको शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ