arrow

विश्व आत्महत्या रोकथाम दिवसः आत्महत्या बढी हुने १० प्रमुख देशमा नेपाल पनि 

हरेक चालीस सेकेण्डमा एक जनाको आत्महत्या  

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
aatma_hatya.JPG

काठमाडौं । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सेप्टेम्बर १० लाइ विश्व आत्महत्या रोकथाम दिवसको रुपमा मनाइदै छ । आमहत्या रोकथाम दिवसको लागि यो वर्षको नारा आत्महत्या नियन्त्रणका लागि सबै एकजुट होऔ तय गरिएको छ  । 

सन् २००० को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष विश्वमा प्रत्येक वर्ष १० लाख भन्दा बढि व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । सन् २०२० मा प्रत्येक वर्ष २० लाखभन्दा बढीले आत्महत्या गर्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्क अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्छ भने हरेक चालीस सेकेण्डमा एकजनाको आत्महत्याबाट मृत्यु भइरहेको छ । 

विश्वमा यो दर बढ्दो छ । यही अवस्थालाई मनन गरेर हरेक वर्ष सेप्टेम्बर १० लाई विश्वव्यापी रुपमा आत्महत्या नियन्त्रण दिवसको रुपमा मनाउन थालिएको छ । पछिल्लो समय  आत्महत्या बढी हुने १० प्रमुख देश भित्र नेपाल पनि पर्छ । २०६८ को जनगणना अनुसार सुदूरपश्चिममा आत्महत्याको अनुपात  सबैभन्दा बढी रहेको देखिन्छ । 

२५ लाख जनसंख्या भएको यो क्षेत्रमा २०६७,६८ मा ४१९ जनाले आत्महत्या गरेका थिए । भोकमरी, सरुवा रोगको महामारी र सामान्य उपचार नपाएर मर्ने अवस्था रहेको यो क्षेत्रमा आत्महत्याको अनुपात बढी देखिनुले पनि गरीबी आत्महत्या हुने प्रमुख कारण रहेको पुष्टि हुन्छ । 

आत्महत्या शुन्य समाजको अभियानमा सबैले सबै क्षेत्रबाट सहयोग गर्न  अभियन्ताहरुले अनुरोध गरेका छन । महिलाभन्दा पुरुषले  बढी आत्महत्या गरेको तथ्याङ्कले देखाउछ । आत्महत्याका प्रमुख कारणहरूमा दीर्घरोग, डिप्रेसन, हर्मोनमा हुने गडबडी, इन्फ्लुएञ्जा, हेपाटाइटिस, इन्सेफलाइटिस, क्यान्सर जस्ता रोगीमा आत्महत्याका प्रयास बढी पाइएको छ ।

मानसिक स्वास्थ्य र उपचारको ब्यवस्था गरेर आत्महत्या कम गर्न सकिन्छ । लागु औषध, अल्कोहल, घातक हातहतियार, विषादीको प्रयोगमा नियन्त्रण गरेर पनि यो कम गर्नलाई मद्दत हुन्छ । सरकारी नीति र कार्यक्रमद्वारा जनस्वास्थ्य कार्यक्रम, स्थानीय प्रशासन, सामाजिक संघसंस्थाको समन्वयमा कार्यक्रम ल्याउन जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ