arrow

गत आर्थिक वर्षमा २ हजार २ सय ६५ प्रहरी कारवाहीमा

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
police-head-Q.jpeg

काठमाडौं। प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २ सय ६५ प्रहरीलाई कारवाही गरेको छ। प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो।

कारवाही परेकामध्ये २ सय ७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २ सय २७ लाई नसिहत दिइएको, एक सय ८९ को ग्रेड रोक्कास गरिएको छ। त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २ सय १७ तल्लो टाइमस्केलमा घटुवा र २ सय २ जनालाई निलम्बन गरेको छ।

कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५ सय ७३, प्रहरी हबल्दार ४ सय, प्रहरी सहायक निरीक्षक एक सय ४४, प्रहरी नायब निरीक्षक ८७, प्रहरी निरीक्षक २१, प्रहरी नायब उपरीक्षक पाँच, प्रहरी उपरीक्षक चार र प्रहरी वरिष्ठ उपरीक्षक दुईजना छन्। प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री गैर व्यावसायिक कार्य, कार्यसम्पादन लापरवाही र अनुसाशनहिन काम गरेका प्रहरी कर्मचारीलाई कारवाही गरिएको जानकारी दिए।

“सङ्गठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्ने जो कोही कारवाहीमा पर्नसक्छ,”– उनले भने। हाल नेपाल प्रहरीमा ७५ हजार बढी प्रहरी जवानदेखि अधिकृतसम्म कार्यरत छन् जसमध्ये छ हजार हाराहारीमा महिला छन्। हाल नेपाल प्रहरीको सङ्गठन केन्द्रदेखि स्थानीय तहसम्मै रहेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ