arrow

चक्कु प्रहाबाट बेलायती पर्यटक सहित सात घाइते

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
knife1.jpg

पेरिस। पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन्। आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले प्रयत्न गरेपनि परिस्थिति डरलाग्दो बनेको थियो।

पीडितमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ। आक्रमणकारी अफगानी नागरिक रहेको अनुमान गरिएको छ र उनलाई प्रहरीले पक्राउ गरेको छ। उक्त घटना आतङ्ककारी हमला हो होइन भन्ने एकिन नभएको प्रहरीले जनाएको छ।

पेरिसको उत्तरी इलाका बास्सिन डे ला भिलेट स्थानीयबासीका साथै पर्यटकहरुको राम्रै जमघट हुने स्थान हो। यहाँ बैंकहरु, कफी पसल, चलचित्र प्रदर्शन स्थल र अरु सांस्कृतिक स्थलहरु रहेका छन्।

प्रत्यक्षदर्शी युसुफ नजाहले एकजना व्यक्ति २५–३० सेन्टिमिटर लामो चक्कु बोकेर दौडिएर मानिसहरुतिर आएको आफूले देखेको बताए। “करिब २० जनाले त्यो व्यक्तिलाई लखेटेर समात्ने प्रयास गरिरहेका थिए।”एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ