arrow

प्रहरी चौकीमा आक्रमण, तेह्र प्रहरी र दश तालिबानको मृत्यु

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
afghanistan-kabu.jpg

कुन्दुज, अफगानिस्तान। अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा यहाँका सशस्त्र तालिबानहरुले आक्रमण गरेका छन्। यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ।

अधिकारीहरुले उक्त चौकीमा रहेका प्रहरीहरुमध्ये १३ जनाको ज्यान गएको पुष्टि गरेका छन्। त्यसैगरी सो आक्रमणमा परी आक्रमणकारी तालिबानका १० जना लडाकू पनि मारिएका छन्। कुन्दुजका प्रहरी प्रमुखले सो जानकारी दिएका छन्।

कुन्दुजको दासित इ आर्ची जिल्लामा रहेका सरकारी कार्यालयहरुनजिकै रहेको सो प्रहरी चौकीमा सोमबार बिहानी पख तालिबानहरुले शक्तिशाली बन्दुक र रकेट लञ्चरजस्ता अत्याधुनिक हतियारहरुले आक्रमण गरेका प्रहरीले जनाएका छन्।

सो जिल्लामा रहेका सरकारी कार्यालयलाई यसअघि पनि तालिबानहरुले लक्षित गर्ने गरेका थिए। गत हप्तामात्र पनि सो जिल्लामा उनीहरुले हमला गरेका थिए। त्यसैगरी अफगानिस्तानको अर्को प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो।

कुन्दुज र बाघलान अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्दछन्। सो क्षेत्रमा तालिबानहरुको बढी नै प्रभाव रही आएको बताइएको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ