arrow

कार्यक्रम गरेर नथाक्ने ईन्स्पेक्टर

logo
सीता डोटेल,
प्रकाशित २०७५ भदौ २५ सोमबार
children-awareness.jpg

पाल्पा। इलाका प्रहरी कार्यालय रामपुरले आफ्नो इलाका क्षेत्रमा बिभिन्न सचेतनाका बिषय केन्द्रीत रहि नागरिक प्रशिक्षणलाई प्राथमिकता दिएको छ। इलाका प्रहरी कार्यालय रामपुरमा ३ महिना अगाडि काज सरुवा भएका आएका प्रहरी निरिक्षक भोजराज पाण्डेले जनप्रतिनिधि, महिला समुह, क्लब, संघसंस्था तथा बिद्यालयसँग मिलेर सचेतनाका दर्जनौ बढी कार्यक्रम गरेका छन्।

देशव्यापी रुपमा बालबालिकामाथि हुने गरेका जघन्य प्रकृतीका जर्बजस्ती करणी लगायतका गम्भीर अपराधहरु बढ्दै गैरहेको परिवेशलाई मध्येनजर गर्दै अशिक्षा र गरिबीको कारण सामाजिक संस्कार, मुल्य मान्यता र परम्परा बिपरित भएका गतिबिधिले गर्दा धेरैजसो महिला तथा बालबालिका असहाय एवं पिछडिएको वर्ग पीडित हुने गरेको र न्यायिक उपचार र कानूनी प्राबधानको बारेमा जानकारी समेत नभएको कारण भदौ १ देखि लागु भएको मुलुकी फौजदारी संहिता (ऐन २०७४) को बारेमा जानकारी गराउन पनि सचेतनाको कार्यक्रम बढी गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए।

अपराधका प्रकृति फरक फरक बाहिर आएकाले अपराधिक मनसाय भएका मानिसहरुले सहज रुपमा अपराध घटाउने गरेको अबस्थालाई मनन गरि जर्बजस्ती करणी सहित बिभिन्न खालका गम्भीर प्रकृतीका अपराध बिरुद्ध प्रहरीले सचेतना कार्यक्रम चलाएको हो।

प्रहरीले जबरजस्ती करणीका ६ वटा, लागुऔषध प्रयोग बिरुद्ध ४ वटा, ट्राफिक नियम र घरेलु हिंसाको १र१ वटा, स्थानिय स्तरमा सरोकारवालासँग सुझाब लिदै ४ वटा अन्तरक्रिया कार्यक्रम समेत गरिसकेको छ।

त्यस्तै प्रहरीले साथी म तिम्रो संस्थाको समन्वयमा यही हप्ता रामपुरको मुख्य बजार चोकमा सरसफाई समेत गरेको छ। अपराध मुक्त समाजको परिकल्पनालाई आत्मसाथ गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न लागेको प्रहरीले अस्पताल, बिद्यालय आसपासका पसल होटेल तथा अन्य बजार होटेलबाट ३ हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ।

“बेथितिलाई अन्त्य गरेमात्र सभ्य समाज निर्माण हुनेछ” प्रहरी निरिक्षक पाण्डेले भने–स्वास्थ्य जस्तो गम्भिर बिषयमा खेलवाड गर्दै अस्पताल आसपासमा मदिरा भेटिनु समाजका लागि घातक हो।

ट्राफिक परहरी समेतको सहभागितामा सवारी नियम उलंघन गरि सवारी साधन चलाउने लाई प्रहरीले गरेको चेकजांचको क्रममा पछिल्लो ३ महिनामा इलाका प्रहरी कार्यालय रामपुरले साना ठुला सवारी साधन समेत गरि सवारी साधन कारबाहीबाट २ लाख २२ हजार ५ सय रुपँया राजश्व सङ्कलन गरेको छ। जुन अघिल्लो १ बर्षको तुलनामा १० प्रतिशतले बढी हो।

ट्राफिक नियम बिपरित चलाएका २ सय ७० वटा सवारी साधन कारबाहीमा परेका थिए। यसैबिच नगरपालिकाको समन्वयमा रामपुर नगरका बिभिन्न १२ स्थानमा सवारी गति सिमित को जनचेतना बोर्ड पनि राखेको छ।

यस अबधीमा बर्षौ सम्म राजस्व नतिरि लुकिछिपि संचालन गरेका धेरै सवारी साधनहरुले स्वस्फर्त रुपमा राजस्व नबिकरण गरि सवारी साधन संचालनमा ल्याएका छन। प्रहरीले २ वटा चोरीका मोटरसाइकल समेत फेला पारेको छ। चेकजाचमा गरिएको कडाईका समयमा बरामद गरिएका ती मोटरसाइकललाई यही हप्ता आबस्यक कार्वाहीको लागि भन्सार कार्यालय भैरहवा चलान गरिएको पाण्डेले बताए। 

त्यस्तै प्रहरीले लुकाईछिपाई गर्दै तस्कर गर्दै गरेको अबस्थामा काठ समेत समातेको थियो। प्रहरी कार्यालयमा आउने दैनिक सामान्य प्रकृतीका उजुरीहरु बाहेक सचेतनालाई प्राथमिकता दिएर कार्यक्रम संचालन गर्न सके समाजमा हुने अपराधिक घटनामा न्युनिकरण हुने भएकोले सचेतनालाई पनि उत्तिकै महत्व दिएको उनको भनाई छ।

इलाका प्रहरी कार्यालय रामपुरले इलाका भित्र पर्ने रामपुर नगरपालिका सहित निस्दी गाउँपालिका र रम्भा गाउँपालिकामा समेत कार्यक्रम गरेको छ। जबरजस्ती करणी अपराध न्यूनीकरण सम्बन्धी प्रशिक्षण बाट रामपुर र निस्दीमा १ हजार ३ सय ५० जना प्रशिक्षित भएका छन्। घरेलु हिंसा बिरुद्धको प्रशिक्षणमा १ सय ५० जना लागुऔषध प्रयोग बिरुद्ध सचेतनाबाट ७ सय ५० जना, ट्राफिक नियम सम्बन्धी प्रशिक्षणबाट २ सय जना महिला पुरुष तथा बिधार्थीहरु प्रशिक्षित भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। 

मुलुकी अपराध (संहिता ऐन २०७४) लाई मुख्य प्राथमिकता दिदै भएको अन्तरक्रियामा वडाका जनप्रतिनिधि, महिला समुह, क्लब तथा वडाका अगुवा समाजसेवीको सहभागिता थियो। देशमा नयाँ कानुन आएको तर यसबारे ज्ञान दिने र प्रशिक्षण चलाउने निकायको अभावमा अन्यौलताको अबस्था रहेकोले प्रहरीले नै जानकारीमुलक कार्यक्रम हरु संचालन गरेको निरीक्षक पाण्डेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ