arrow

बान की मुन र बिल गेटस् एउटै संस्थामा

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
moon-gates-bill.jpg

द हेग। संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुन र चर्चित अरबपति बिल गेट्सले एउटा अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्ने भएका छन्। आउँदो महिना घोषणा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय एउटा आयोगमा उनीहरूले सँगै काम गर्न लागेको नेदरल्याण्डको सरकारले सोमबार जनाएको छ।

सो आयोगलाई ग्लोबल सेन्टर अन एडप्टेसनले मुख्य सहयोग गर्ने भएको छ भने विश्व बैंकका प्रमुख कार्यकारी अधिकृतले विषेश चासो दिने भएको छ।

यसले तिव्रगतिमा बिग्रँदै गइरहेको विश्वको जलवायुसम्बन्धी समस्या समाधान गर्न सरकारी तथा गैरसरकारी निकायहरूलाई सहयोग र समन्वय गरिदिने बताइएको छ।

बान, माइक्रोसफ्टका संस्थापक गेट्स र विश्व बैंकका प्रमुख कार्यकारी अधिकृत उपस्थित भएर आउँदो अक्टोबर १६ तारिखका दिन नेदरल्याण्डमा औपचारिक रूपमा सो आयोगको घोषणा गर्ने तयारी भएको हो। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ