इडलिब हमला २१ औँ शताब्दीको खराब हमला हुनसक्ने : राष्ट्रसङ्घ
प्रकाशित २०७५ भदौ २५ सोमबार
517
Shares
जेनेभा, स्वीट्जरल्याण्ड। संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता मामिला हेर्ने प्रमुखले सिरियामा रूसी सहयोग प्राप्त सरकारी सेनाले गरेको हवाई हमला २१ औँ शताब्दीकै विनाशकारी मानवीय क्षति निम्त्याउने घटना बन्ने चेतावनी सोमबार दिएका छन्।
रुस, टर्की र इरानका राष्ट्रप्रमुखको तेहरानमा केही दिन पहिले वार्ताका लागि पहल भएपनि उक्त प्रयास सफल हुन नसकेपछि रुसी सहयोगप्राप्त सिरियाली सेनाले सिरियाली विपक्षी दलहरूको प्रभाव क्षेत्रमा शनिबारदेखि आक्रमण थालेका हुन्।
इडलिबमा एक्काइसौँ शताब्दीकै भयानक दुर्घटनालाई जोगाउने हो भने धेरै समय नलिइकन यसको समाधानको प्रयास थाल्नु जरुरी रहेको छ, जेनेभास्थित राष्ट्रसंघीय प्रतिनिधि मार्क लोककले सञ्चारकर्मीसँग बताए।
उनको भनाई इरान तथा रूसी सहयोग प्राप्त सिरियाली फौजले सिरियाको विद्रोही नियन्त्रित उत्तरपश्चिमी प्रान्तमा आगामी दिनमा हुने भनी आएका हवाई आक्रमणसम्बन्धी सूचनापछि आएको हो। सेनाले उक्त क्षेत्रमा शनिबारदेखि नै आक्रमण शुरु गरिसकेको छ। एएफपी