arrow

आठराईमा स्वास्थ्य केन्द्रबाटै औषधी विक्री, जनता ठग्ने कार्य भएको स्थानीयको भनाई

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
sankranti-bazar-health-post.jpg

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य केन्द्र भित्रै औषधी विक्री गर्न थालेका छन् । स्वास्थ्य केन्द्र भित्रै चर्को मूल्यमा औषधी विक्री गरी जनता ठग्ने कार्य भएको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्न थालेका छन् । 

सेवाग्राहीहरुको गुनासो आउन थालेपछि आइतबार स्थानीयहरु स्वास्थ्य केन्द्रमै पुगेर स्वास्थ्यकर्मीहरुलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको स्थानीय महेन्द्र विमलीले बताए । औषधी विक्री सम्बन्धि सेवाग्राहीहरुको आरोप स्वास्थ्य केन्द्रका प्रमुख डा.सन्तोष शाहले स्वीकारेको बिमलीले बताए । 

स्वास्थ्य केन्द्रमा आएका विरामीहरुलाई स्वास्थ्यकर्मीहरुबाट चर्को मूल्यमा औषधी विक्री गरी ठग्ने काम भएको स्थानीय बासु बरालले बताए । विभिन्न बहानामा विरामीहरुलाई आर्थिकरुपमा स्वास्थ्य केन्द्रले बोझ थप्ने काम गरेको उनले गुनासो गरे । 

निःशुल्क उपलब्ध हुने औषधी बाहेक स्थानीय मेडिकलमा नपाइने औषधी विरामीलाई स्वास्थ्य केन्द्रमै किन्न लगाइएको आठराई गाउँपालिकाका स्वास्थ्य प्रमुख एवम् प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सन्तोष शाहले स्विकारे। जनताको सेवाको लागी इमरजेन्सी औषधीहरुमात्र विरामीलाई बिक्रि गरिएको उनले बताए। 

स्वास्थ्य केन्द्रमा भएको गतिविधिको बारेमा सामाजिक संजालमा समेत विरोध हुन थालेको छ । स्वास्थ्य केन्द्रमा भएको औषधी विक्री वितरण र जनगुनासोका विषयमा चाडै छलफल गरी समस्याको सामधान गरिने आठराई गाउँपालिका वडा नं. १ वडा अध्यक्ष कमलबहादुर लिम्बूले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ