-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको सात ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलो लगायतमा पहिरो खसेको छ ।
पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।
सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।
विशेषगरी हरितालिका तीजका लागि दरखान माइत जाने महिलाहरु अलपत्र परेका छन् ।
पहिरो हटाएर बाटो संचालन हुन मंगलबार दिनभर लाग्ने जनाइएको छ । कम्तीमा १० घण्टा लाग्ने प्रहरीको भनाइ छ ।
यसैबीच, ट्राफिक प्रहरी महाशाखाले नारायणगढ–मुग्लिङ सडकखण्डका सात ठाउँमा पहिरो गएको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।