arrow

पाकिस्तानी पूर्वप्रधानमन्त्री अब्बासीलाई पक्राउ गर्ने आदेश

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
abassi.jpg

काठमाडौं । पाकिस्तानी पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई पक्राउ गर्न आदेश भएको छ । पाकिस्तानी एक अदालतले अब्बासीलाई पक्राउ गर्न आदेश दिएको हो । 

उनीमाथि भ्रष्टाचारको मामलामा दोषी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई एक उच्चस्तरीय सुरक्षा बैठकको सूचना दिएको आरोप छ । 

शरीफले गत मे महिनामा डन अखबारलाई दिएको अन्तर्वार्ताका क्रममा सन् २००८ मा भारतको मुम्बईमा भएको आतंकबादी हमलामा पाकिस्तानको हात रहेको बताएका थिए । 

यो अन्तर्वार्तापछि सरकार र सेनाबीच तनाव बढेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री अब्बासीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो । 

अब्बासीले यो गोप्य बैठकको सूचना शरीफलाई दिएका थिए । अदालतमा उजुरीकर्ताको आरोप छ कि अब्बासीले यो सूचना दिएर प्रधानमन्त्रीका रुपमा लिएको सपथको उल्लंघन गरेका छन् । 

सुरक्षा प्रतिष्ठानको मानहानी गरेकाले उनलाई राजद्रोहको कार्वाहीको मागसमेत गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ