arrow

नेविसंघको महाधिवेशनको कार्यतालिका सार्वजनिक, उमेर हद हटाइयो

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं। नेपाल विद्यार्थी संघ नेविसंघको महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ। नेविसंघको तीन दिनसम्म नेपाली कांग्रेसको मुख्यालय विपीनगर सानेपामा बसेको नेविसंघ केन्द्रीय समितिको वैठकले संघको १२ औं महाधिवेशन यही कार्तिक १६,१७ र १८ गते सम्पन्न गर्ने निर्णय गरेको छ । 

उमेरका कारण निकै चर्चित मुद्दा बनेको नेविसंघले अन्ततः उमेर हद भने हटाएको छ । उमेर हद लगाएर राजनीति गर्न बन्देज लगाएको भन्दै लामो समयदेखि चर्को बहस हुँदै आएको थियो। 

बैठकले प्रस्तावित बिधान र नियमावलीमा ३२ बर्षको हदबन्दी हटाएको हो । 

सोमबार राति १० बजेसम्म बसेको बैठकले के के निर्णय गर्यो त ?

–अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीहरुको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका बिषयहरु समेटेर सबैसँग आवश्यक समन्वय गरी यही भदौ २७ गतेभित्र संघको संसोधित बिधान, नियमावली २०७५  नेपाली कांग्रेस पार्टीलाई बुझाउने ।

–बिधान, नियमावली पार्टीबाट अनुमोदन भएपछि लगत्तै क्याम्पस, जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निम्न बमोजिम अधिबेशन गरिने ।

– असोज ७ देशैभरका माबी र क्याम्पस अधिबेशन ।

– असोज १२ गाउँपालिका, महानगर र उपमहानगरपालिका अधिबेशन  ।

– असोज १५ मा  प्रदेश क्षेत्र अधिबेशन  ।

– असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिबेशन  ।

– असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिबेशन  ।

– कार्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन ।

– कार्तिक १६ गते महाधिवेशन उद्घाटन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ