arrow

अाज दर खाने दिन

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ भदौ २६ मंगलबार
dar.JPG

काठमाडाैं । हरितालीका तीजको दर खाने दिन मंगलबार परेको छ । हरितालीका तीजको ब्रत बस्ने नारीहरुले अघिल्लो दिन मीठा मीठा परिकार बनाएर खाने गर्दछन् । पहिले–पहिले व्रत बस्ने अघिल्लो दिन दर खाने चलन थियो । केही वर्ष यता भने महिना दिनअघिदेखि नै दर खाने चलन बढेको छ । 

भोलिपल्ट बस्नु पर्ने निर्जला व्रतलाई आजको दरले भ्याउनुपर्ने मान्यताका साथ दर खाने गरिएको बताईन्छ । भाेलिपल्ट व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठमा पनि शक्ति चाहिने भएकाले नारीहरुले याे दिन भरपूर दर खाने गर्दछन् । दिदिबहिनी एकैठाउँमा भेला भएर रमाइलो गर्दै बसेर मीठा-मीठा परिकारहरु खाने चलन नै दर हो ।

सामान्यतया ढकने, आलुदम, आलु–कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई लगायतका आडिला कुराहरु दरको रुपमा खाने चलन छ । बिवाहितहरु लागि दरको महत्व अझ विशेष छ । माईतीको निम्तोमा दर खान पुगेकाहरु आजको दिन आमा, हजुर या भाउजुहरुको स्नेहमा कुनै सुर्ता नराखि खाने र रमाउने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ