arrow

रुसले थाल्यो तीन लाख सैनिक राखेर शीतयुद्धपछिकै ठूलो अभ्यास 

चीन पनि सहभागी

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
russia8.jpg

काठमाडौं । रुसले शीतयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । 

एक साता लामो अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ ।

यसमा ३६ हजार ट्यांक, हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

भोस्टोक–२०१८ नाम दिइएको अभ्यास सेनाको पाँच वटा अभ्यासस्थलमा फैलिएको छ भने चार वटा एअर वेशको उपयोग गरिने छ ।

रुसले शीत युद्धताका यस्तै तहको सैन्य अभ्यास गरेको थियो तर अहिलेको अभ्यासमा सहभागी सेनाको संख्या भने बढी छ ।

उत्तर एटलान्टिक सैन्य संगठन नेटोसँग तनाव चुलिरहेका बेला रुसले यो सैन्य अभ्यास गरेको हो ।

यो सैन्य अभ्यासले अमेरिकालाई चुनौती दिएको छ । 

Russian T-80 tank firing, 23 Aug 17

चीन पनि सहभागी हुँदै 
सैन्य अभ्यासमा चीन पनि सहभागी हुँदेछ । 

चीनले बख्तरबन्द गाडी र विमानसहित आफ्ना ३२ सय सेना पठाएको छ । 

मंगोलिया पनि सहभागी हुँदैछ । बीबीसीले जनाए अनुसार मंगोलियाले आफ्ना सहभागी हुने सैनिकको संख्या खोलेको छैन । 

Map



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ