arrow

प्रचण्डको सत्तायात्रा सजिलो बन्दै, भारतको ‘यस’, अब चीनको पालो

बामदेवको बाटो धमिलो

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
oli-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर फर्के । उनी भारत जानुमा सबैभन्दा ठूलो कारण उनको महत्वाकांक्षाको हात बढी रहेको राजनीतिक जानकारहरु बताउँछन् । प्रचण्ड केपी शर्मा ओलीसंगै नेकपाको नेतृत्व साझेदारी गरिरहेका छन् । 

त्यही साझेदारीलाई अझ बलियो बनाएर शक्ति संगसंगै सत्ता हत्याउन भारत गएको उच्च निकट स्रोत बताउँछ । त्यतिमात्र होइन प्रचण्ड भारतबाट फर्केपछि चीन पनि जाने तरखर गर्दैछन् । प्रचण्डले भारतको मन जित्नका लागि जललाई बढी मलजल गरिरहेका छन् । 

उनले पानीको व्यवस्थापन गर्न भारतसंग सहकार्य गर्न इच्छुक रहेको भन्दै हाइड्रोपावरदेखि सगरमाथाको मिनिरल वाटर विश्वभर बेच्नका लागि भारतको सहकार्य गर्न इच्छुक भएको जनाएका छन् । 

प्रचण्डले चाहँदैमा मात्र यी काम हुने त पक्कै हैनन् तर भारतको मन पगाल्न उनी निकै सक्रियपूर्वक भारतको भ्रमण गरेको विष्लेषण गर्न थालिएको छ । प्रचण्ड आफू प्रधानमन्त्री भएका बेलामा पनि पहिले चीन नगएर भारत नै गएका थिए । 

ओलीको स्वास्थ्य दिनानुदिन खस्किरहँदा प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना रहेको समेत औंल्याउन थालिएको छ । यसले गर्दा भविष्यमा कुनै अप्ठेरोमा नपर्नका लागि प्रचण्डले छिमेकी राष्ट्रहरुको भ्रमण गरेका हुन् । 

एक विष्लेषकका अनुसार प्रचण्डको यात्रा सामान्य हो । भारतले पछिल्ला केही जोडी वर्षहरुमा विभिन्न दलका नेताहरुलाई बोलाएर आफ्नो पक्षमा पार्ने रणनीति अपनाइरहेको छ । त्यही रणनीति अनुसार प्रचण्ड भारत गएका हुन् । त्यसअघि देउवा गएका थिए भने भोलिका दिनमा अन्य नेता पनि जानेछन् । 

नेकपाको उच्च स्रोतका अनुसार प्रचण्डलाई सत्तामा होस् वा पार्टीको नेतृत्वमा पुग्दा अप्ठेरोमा पार्ने भारत भएकाले भारतलाई विभिन्न बफादारी सबुत दिएर प्रचण्ड नेपाल फर्केका छन् । अर्थात् भारतले खोजेको एसम्यानको गुण पेश गरेर प्रचण्ड आएका छन् । 

त्यसो त प्रचण्ड छिट्टै चीन भ्रमणमा पनि जाँदैछन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गराउन चीनले अहम् भूमिका खेलेको थियो । त्यसपछि चीनले सोचेको नभएपछि केही रुष्ट भएको थियो । बन्दरगाह पारवहन सन्धी भएपछि धेरै कुरा मिल्दै गएको विष्लेषणसहित चीनप्रतिको शंका पनि दूर भएको बुझ्न थालिएको छ । 

प्रचण्ड चीनका लागि ओलीभन्दा नजिक छन् । प्रचण्डकै मुख हेरेर चीनले पछिल्ला समय नेपाललाई सहयोग गरिरहेको बताइन्छ । ओली भारतभक्त भएको दाग लागेसंगै प्रचण्डले त्यसको क्रेडिट पाएका छन् । अबको प्रधानमन्त्रीका रुपमा प्रचण्डले बाटो सोझ्याएको बुझ्न अप्ठेरो छैन । 

बामदेवको बाटो धमिलो 
ओलीको विकल्पमा बामदेव गौतमलाई अगाडि बढाउने कसरत लामो समयदेखि चलिरहेको छ । तर यो बाटो सफल हुने देखिएको छैन । 

प्रतिनिधिसभाको निर्वाचनमा ओलीले नै बामदेवलाई गुल्टाएका थिए । तर पछि नेकपाको एमाले गुटबाट कसलाई अगाडि बढाउने भन्ने चलेपछि बामदेव नै नेकपाको माओवादीलाई टक्कर दिन सक्ने नेता हुन् र उनले दुवैलाई मिलाउन सक्छन् भन्ने हेतुले अगाडि बढाउन खोजियो । 

तर उनले सांसद हुन कोही न कोही नेकपाका सांसद पछाडि हट्न तयार हुनु पर्दछ । 
कोही तयार देखिएनन् । डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत बामदेव संसदमा आउने योजना बनाइयो । 

यो योजना तुहिएको त छैन तर पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन् । बुढा सुरुमा राजीनामा दिन तयार थिए । उनी जनताको मत बुझ्छु भन्दै जिल्ला घुमे । 

यो जिल्ला घुम्ने बहानामै नेकपामा बामदेवका शत्रु नेताहरु सक्रिय भए । बुढाको ‘ब्रेन वास’ गरे । एक बामदेव निकट नेताले हाम्राकुरालाई भने, ‘यस्ता काममा ढिलाइ हुनासाथ हामी सशंकित थियौं, अहिले नै माहौल बिग्रिएको त हैन तर बामदेव कामरेडलाई अगाडि बढ्न दिने सम्भावना कम छ ।’

यसले गर्दा पनि प्रचण्ड तात्तिएका हुन् । उनी निर्विकल्प भएर हिंडिरहेका छन् । अहिले ओलीको निर्णयमा हो मा हो भनेर हिंडिरहेका छन् । यो हो मा हो ले पनि ओली पग्लिने र त्यसपछि सहजै प्रचण्डको बाटो खुल्ने बुझ्न सकिन्छ । तर पार्टीभित्र चलखेल गर्ने अरु दिग्गज नेता पनि छन् भन्ने प्रचण्डले बुझेकै छन् ।  

ओली फकाउन प्रचण्ड ‘यसम्यान’ को नाटक गर्दै 
प्रचण्ड आफ्नो स्वार्थका लागि ओलीको ‘यसम्यान’ बनिरहेको नाटक गर्दैछन् । ओलीले सरकारका केही मन्त्रीहरु फेर्न खोज्दा प्रचण्डले हुन्छ भनेका छन् । तिनीहरु माओवादीकै गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव हुन सक्ने बुझिएको छ । 

ओलीलाई थापा घाँडो बनिरहेका छन् । पूर्व एमालेका कार्यकर्ताहरुलाई अवरोध गरेको आरोप थापामाथि छ । सुनकाण्डलाई छिनोफानो गर्न लागेको आरोप थापामा छ । 

सिन्डिकेट हटाउन सक्रिय भएको आरोप थापालाई छ । ठेकेदार हटाउन लागेको आरोप थापालाई छ । 

काम गर्न खोज्ने मन्त्रीलाई हटाएर ओलीले कस्तो संरचना बनाउलान् । अनि प्रचण्डको साथ लिएर ओलीले त्यो अभिष्ट पूरा गर्न खोज्दैछन् । तर यातायातको सिन्डिकेट हटाएको भने पनि झन् सिन्डिकेट फराकिलो बनाउने एमालेका मन्त्री रघुवीर महासेठलाई भने ओलीले नहटाएर झन् बढी तानाशाही बन्न खोज्दैछन् । 

आफ्ना अप्रियलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डको साथ खोजेका छन् ।

प्रचण्डको सहमति लिएर नै ओलीले वादल र यादवलाई हटाएर नयाँ मन्त्री थप्ने योजना अगाडि बढाएको बुझिन्छ । प्रचण्ड पनि आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार रहेको स्रोत बताउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ