arrow

अमेरिकी करबृद्धिबाट जोगिन चिनियाँ कम्पनीहरु विदेश पलायन

logo
एएफपी,
प्रकाशित २०७५ भदौ २६ मंगलबार
china-US-trade-war.jpg

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करबृद्धिबाट जोगिन ठूलो संख्याका चिनियाँ कम्पनीहरुले नयाँ तरिका अपनाउन थालेका छन्,  “चीनमा निर्मित”को साटो बस्तुका उत्पादनका लोगोहरुमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ।

राष्ट्रपति ट्रम्पले करिब ५० अर्ब डलर बराबरका चिनीयाँ बस्तुमा २५ प्रतिशत करबृद्धि गरेको घोषणा गरेलगत्तै विश्वकै दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक तनाव चुलिएको छ। अमेरिकी घोषणा लगत्तै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी आयातमा करबृद्धि गरेको छ।

शेन्जेनमा सूचीकृत मोटरसाइकलको पार्टपूर्जा बनाउने एच १ कर्पले गत महिना नै भियतनामबाट उत्पादन थाल्नुपर्ने एउटा प्रमुख कारण करबृद्धि हो भन्ने बारेमा लगानीकर्तालाई जानकारी दिएको थियो। कम्पनीले करबृद्धिका असरबाट बच्न उत्पादन कटौती पनि गर्ने बताएको छ।

ट्रम्पले अगस्ट महिनामा विद्युतीय बाइक सहित मोटरसाइकल र त्यसका पार्टपूर्जामा नयाँ कर लगाउने घोषणा गरेका थिए। बाइकदेखि टायर, प्लास्टिकदेखि टेक्स्टाइलसम्मका चिनियाँ कम्पनीहरुले कारखानाहरु अन्य देशतर्फ स्थानान्तरण गरिरहेका छन्। सरकारलाई जानकारी दिएरै स्थानान्तरण गरिएका यी कम्पनीको मुख्य उद्देश्य नै अमेरिका प्रवेश गर्ने वस्तुमाथि लाग्ने अतिरिक्त कर हो।

राष्ट्रपति ट्रम्पले गत साता मात्र करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीयाँ सामग्रीमा करबृद्धि गर्ने चेतावनी दिएका थिए। “विश्वभरका कम्पनीहरुले आफ्नो आपूर्ति व्यवस्थामा समीक्षा गर्नुपर्ने अवस्थामा सिर्जना भएको छ,” क्रिस्टोफर रोजर्सले भने।

हालैका वर्षहरुमा आपूर्ति प्रणाली चीनले अन्यत्र स्थानान्तरण गरिरहेको छ किनभने चीनभित्रै पनि श्रमिक र वातावरण संरक्षणको लागतमा वृद्धि भइरहेको छ। चीन अहिले कतिपय व्यवसायका लागि त्यति आकर्षक मानिन्न।

विज्ञहरु र कम्पनीहरुको भनाइमा करबृद्धिले आगोमा घिऊ थपेको छ। “चीन–अमेरिका व्यापार असमझदारीले विश्वव्यापी आपूर्ति प्रणालीमा तिब्र प्रभाव पार्ने निश्चित छ,” डब्लुटिओ स्टडीजका अनुसन्धान निर्देशक कुई फानले बताए। 

“अत्यधिक श्रमिक आवश्यक पर्ने कारखानाहरु पलायन हुँदा त्यसले बेरोजगारी समस्या निम्त्याउँछ र यस विषयलाई गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ।” कारखाना अन्यत्र सार्दैमा अमेरिकाको समग्र व्यापार घाटामा कमी ल्याउन मद्दत नगर्ने फानले बताए।

खेलौना निर्माता कम्पनी हास्ब्रो, क्यामेरा निर्माता ओलम्पस, जुत्ता निर्माता डेकर्स एन्ड स्टीभ म्याडेन समेतका अरु पनि महत्वपूर्ण कम्पनीहरु चीनबाट पलायन हुन लागेकाले बेइजिङलाई चिन्तित तुल्याएको छ। कमैमात्र छलफल गरिने चिनीया कारखानाहरुले यस्तै रबैया अपनाउन थालेका छन्।

झेजियाङ हाइलाइड न्यू मेटेरियल कम्पनीले आफ्ना उत्पादनहरु अमेरिका र अरु मुलुकमा निकासी गर्दछ। अमेरिकी करबृद्धिले यो कम्पनीलाई पनि असर पारेको छ, र अरु २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि घोषणा भए यस कम्पनीको उत्पादनमा धेरै ठूलो प्रभाव पर्नेछ।

“अहिले हाम्रो सम्पूर्ण उत्पादन चीनमै भइरहेको छ। करबृद्धि समेतका जटिलताबाट बच्न हाम्रो कम्पनीले लामो छलफल पश्चात भियतनाममा नयाँ कारखाना खोल्न लागेको छ,” कम्पनीका उपाध्यक्षले बताए। उनले करिब १५ करोड ५० लाख लगानीबाट कारखानाको उत्पादनलाई नियमित गर्न सकिने बताए।

करबृद्धिको प्रभावबाट बच्न कतिपय तयारी पोशाक उत्पादकहरु म्यान्मार, थाइल्यान्डतर्फ पलायन भएका छन् भने विद्युतीय मोटर उत्पादक एक कम्पनी मेक्सिको गएको छ। त्यस्तै सर्बियामा करिब एक अर्ब डलरमा लिङलोङ टायरले कारखाना स्थापना गर्न लागेको छ। टायर निर्मातामाथि अमेरिकी करबृद्धिले सबैभन्दा बढी समस्या सिर्जना गरेको छ।

अन्तर्राष्ट्रिय व्यापारिक अबरोधहरु हटाउन कारखानाहरु अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्थामा कतिपय देशहरु रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ