arrow

ट्रम्पलाई किमको पत्र, हामी आशावादी छौं : अमेरिका

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
kim-letter-trump.jpg

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ। उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए।

गत जुलाई १२ मा सिङ्गापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो। सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उनले अत्यन्त सकारात्मक पत्र पठाउनु भएको ह्वाइट हाउसले सोमबार जानकारी दिएको छ।

यो अत्यन्तै गौरव गर्न लायक र सकारात्मक पत्र भएको ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्स हक्याबीले बताए। यस पत्रबाट कोरियाली द्वीपमा प्योङ्याङले निःशस्त्रीकरणको प्रतिबद्धतालाई जारी राखेको भन्ने प्रष्ट गरेको पनि उनले बताए।

उत्तर कोरियाली सर्वाेच्च नेता किमले पठाएको यस पत्रमा पहिलो प्रस्ताव नै अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो भेट गर्ने रहेको थियो। सिङ्गापुरमा भएको पहिलो भेटपछि नै दुई देशबीचको सम्बन्ध सामान्यीकरणतर्फ उन्मुख भएको छ।

यस पत्रबाट वासिङ्टन र प्योङयाङ बीचमा सिंगापुर वार्तापछि थप प्रगतिलाई साबित गर्ने पनि स्यान्डर्सले बताए। सिङ्गापुर शिखर बैठकपश्चात उत्तर कोरियाली नेता कीमले आफ्नो देशमा जारी पारमाणविक कार्यक्रम स्थगित गरी निःशस्त्रीकरणतर्फ लाग्ने बाचा गरेको थियो।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गत जुनमा भएको छलफलपछि ट्रम्प र किमको भेटवार्तामा लगातार प्रयास जारी राख्ने प्रतिज्ञा गरेका थिए। उता कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा हुने निःशस्त्रीकरण नै अमेरिका र उत्तर कोरियाबीच समस्या समाधानको आधारभूत कुरा भएको मुनले मङ्गलबार बताए। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ