arrow

दिपकराज जोशी सर्वोच्चमा हाजिर, मिश्रपछि दोस्रो नम्बरमा पनि जोशी नै 

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
deepak_joshi.jpg

काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका बरिष्ठ न्यायाधीश दिपकराज जोशी सर्वोच्चमा हाजिर भएका छन् । 

सोमबार रोलक्रममा जोशी भन्दा पछि रहेका ओमप्रकाश मिश्रको २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली भएपछि सर्वोच्च फर्किने निर्णय लिएका जोशी मंगलबार हाजिर भएका हुन् । जोशी सर्वोच्चमा हाजिर भएको रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले बताए । 

जोशी सर्वोच्चमा हाजिर भएपनि इजलाश भने तोकिएन । प्रधानन्यायाधीशले ईजलास तोक्ने परम्परा छ । नव नियुक्त प्रधानन्यायाधीश मिश्रले लामो समय विदा बसेर सर्वोच्च फर्किएका जोशीलाई ईजलाश तोकेनन् । आफ्नो भने पहिलो दिन उनले प्रकाशमान सिंह राउतसँग संयुक्त इजलाश तोके । संसदीय सुनुवाई समितिले शैक्षिक प्रमाणपत्र लगायत विषय विवादित भएपछि प्रधानन्यायाधीशमा अस्वीकृत गरेका जोशी गएको साउन २० गतेबाट लागू हुनेगरी विदामा १५ दिन विदामा बसेका थिए ।

उनले यो विदा राष्ट्रपतिबाट स्वीकृत गराएका थिए । तर, त्यो विदा सकिएपछि उनले बाँकि विदा वर्षभरको भैपरी आउने विदाबाट कटाएका छन् । उनी एक महिना भन्दा लामो समयपछि सर्बोच्च फर्किएका हुन् । उनले सर्वोच्च फर्किनु अघि न्याय सम्पादन र न्यायालयमा असर नपुगोस् भनेर विदामा बसेको र अब सर्वोच्चले नेतृत्व पाइसकेकाले न्यायाधीशको रुपमा सर्वोच्च आउँदा कुनै फरक नपर्ने बताएका थिए । 

दोस्रो बरियतामा जोशी 


पहिलो बरियतामा रहेका दिपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि दोस्रो बरियतामा पुगेका छन् । रोलक्रममा उनी भन्दा पछि रहेका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि उनी बरिष्ठताका हिसाबले दोस्रोमा परेका हुन् ।

रोकक्रममा मिश्रपछि चोलेन्द्र शमशेर जबरा थिए । चोलेन्द्रको बरियतामा भने कुनै फरक परेको छैन । पहिले पनि उनी तेस्रोमा थिए । अहिले पनि तेस्रोमै छन् । सर्वोच्च अदालतको वेबसाइटमा रहको रोष्टरमा दोस्रो नम्बरमा जोशीकै नाम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ