arrow

गाँउमा त्राश फैलिएपछि विद्यालय जाने विद्यार्थीको संख्या न्युन

logo
बिजय चौहान,
प्रकाशित २०७५ भदौ २६ मंगलबार
birgunj-school.jpg

वीरगन्ज। दलित र गैरदलित बीचको विवादले गाँउमा त्राश फैलिएपछि बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी गाँउमा अवस्थित नेराप्रावि गोलागंजमा पढ्न आउने विद्यार्थीको संख्या ह्वातै घटेको छ। गाँउमा रहेको शिव पार्वती मन्दिरमा पुजा गर्ने विषयमा दलित र गैर दलितबीच विवाद भएई तनाव उत्पन्न भएपछि विद्यलायमा पढन आउने विद्यार्थीको संख्यामा कमी आएको हो।

गाँउमा अवस्थित मन्दिरमा दलितलाई पूजा गर्नमा गैर दलितले रोक लगाएपछि तनाव उत्पन्न भएको र सोही तनावका कारण विद्यलायमा विद्यार्थी आउने संख्या एकदम न्युन भएको नेरा प्रवी गोलागंजका प्रधान अध्यापक किसुन प्रसादले जानकारी दिए। उनले विद्यालयमा दलित तथा गैरदलित गरी एक सय ७१ जना विद्यार्थीको नामा दर्ता भएको मध्य विवाद हुन अगाडी एक सय ४० जनासम्म विद्यार्थी आउने गरेकोमा विवाद भएपछि हाल २० देखी २५ जना विद्यार्थी मात्र आउने गरेको बताए।

दलित र गैर दलितबीच विवाद चुलिदै गएपछि सम्भावित घटना हुन नदिन स्थानिय प्रसाशनले सुरक्षाकर्मी गाँउमा परिचालित गरेपछि अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेको प्रअ किसुनले जनाकारी दिए। गैरदलितले दसलतलाई पूजा गर्न नदिएको दुवै पक्षबीच झडप हुने अवस्था सिर्जना भएपछि गाउमा त्रास फैलिएको छ।

४० वर्ष अगाडी दलितहरु समेतको सभागिता र सहयोगमा निर्माण भएको शिव पार्वती मन्दिरमा दलितहरुलाई सुरुदेखी नै गैर दलितहरुले पूजागर्न रोक लगाउदै आएका छन्। एक साता अगाडी दलितहरुले मन्दिरमा पुजा गर्ने तयारी  गरेपछि विवाद चुलिएको हो।

यसै विषयमा जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरसंग बुझ्दा उनले उत्पन्न समस्या समाधान गर्न दुवै पक्ष बीच विभिन्न संघ संस्थाहरुको सहभागितामा छल फल सुरु गरिएको र छलफलबाट समस्या समाधान नभए पिडित पक्षले उजुरी दिए कानुन बमोजि कार्यवाही गरिने जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ