arrow

हत्यारालाई कार्वाहीको माग गर्दै तरुण दलद्वारा वीरगन्जमा प्रदर्शन

logo
बिजय चौहान,
प्रकाशित २०७५ भदौ २६ मंगलबार
tarun-dal-parsa.jpg

वीरगन्ज। नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्यारालाई कार्वाहीको मांग गर्दै वीरगन्जमा प्रदर्शन भएको छ। वीपी कोइरालाको १०५औं जन्मज्यन्तीका दिन भदौं २४ गते गोली हानि हत्या गरिएका पुनका हत्यारालाई अविलम्ब पक्राउ गरी कार्वाहीको माग गर्दै तरुण दल पर्साका नेता कार्यकर्ताहरुले वीरगन्जमा प्रदर्शन गरेका हुन।

तरुण दल पर्साका सचिव विवेक कुमार चौरसियाको अगुवाइमा वीरगन्जको घण्टाघरबाट निस्किएको विरोध जुलुश जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको थियो। कार्यालयमा तरुण दलका प्रतिनिधीहरुले पुनका हत्यारालाई कार्यवाहीको माग गर्दै नेपाल सरकारलाई ज्ञापन बुझाएको छ। 

सचिव चौरसियाले पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल मार्फत नेपाल सरकारलाई बुझाएको ज्ञापन–पत्रमा नेकपाका कार्यकर्ता देव घर्ती नेतृत्वको हतियारधारी समुहले नगर अध्यक्ष पुनको हत्या गरेकाले घर्तीलाई अविलम्ब पक्राउ गरी कार्वाही प्रकृया थाल्न माग गरिएको छ। 

सरकारको नेतृत्व गरेकै पार्टीका कार्यकर्ताबाट पुनको कायरतापूर्ण हत्या गरिनु र उनलाई हालसम्म पक्राउ समेत गर्न प्रहरी प्रशासनले तदारुकता नदेखाउनुले हत्यारालाई सरकारले नै संरक्षण दिएको भान नेपाली  जनतालाई भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।  

नगर अध्यक्ष पुनका हत्यारालाई कार्वाही, पुनका आश्रित परिवारलाई उचित क्षतिपूर्तीसंगै उनलाई शहिद घोषणा नगरे सरकार विरुद्ध देशव्यापी रुपमा आन्दोलनको थालनी गर्ने तरुण दलले विज्ञप्तीमार्फत चेतावनी दिएको छ। 

तरुण दल पर्साले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रैसका महाधिवेशन प्रतिनिधी एवम तरुण दल पर्साका पूर्व अध्यक्ष सहरुम गद्दी, तरुण दलका नेता कालुसिंह सरदार, नेविसंघका केन्द्रीय सदस्य राकेस यादव, सुधिर पटेल जिल्ला संयोजक दिलिप राज कार्की, विद्यार्थी नेता विश्वास रन्जन द्विवेदी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

तरुण दलले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रजिअ पौड्यालले तरुण दल पर्साले राखेका माग वारे चाडो भन्दा चाँडो नेपाल सरकार जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ