arrow

पूर्व प्रधानमन्त्री नवाज सरीफकी पत्नी कुलसुमको निधन

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
kulsoom-nawaz-ex-pm-sharif-wife.jpeg

इश्लामावाद, पाकिस्तान। पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजको उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ। उनी ६८ बर्षकी थिइन्।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई सरीफको दल सम्बद्ध स्रोतले पुष्टि गरेको छ। कुलसुमका पति तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री भने पदीय मर्यादा विपरित आर्थिक अपचलनसम्बन्धी मुद्दामा आरोपित बनेपछि सुनुवाईका लागि पाकिस्तानी जेलमा बन्दी रहेका छन्।

कुलसुमलाई क्यान्सरका चार प्रमुख समस्यामध्ये एक लिम्फोमा नामक समस्याका कारण गत बर्षको अगस्तदेखि लण्डनस्थित एक अस्पतालमा उपचार गराउँदै आएकी थिइन्। हो, बेगम कुलसुम नवाजको मृत्यु लण्डनको एक निजी अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको छ, पाकिस्तानी मुस्लिम लिग–नवाजका प्रवक्ता मार्याम अरुन्जेबले बताए।

उनको स्वास्थ्य स्थितिमा जटिलता आएपछि मङ्लबार बिहानैदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। कुलसुमलाई उपचार गराइरहेका नवाज सरीफलाई पाकिस्तानी अदालतमा सुनुवाईका लागि निर्वाचनको केही पहिले गत जुलाई १५ मा बोलाइएको थियो। पाकिस्तान आएलगत्तै सरीफकी छोरी र उनलाई पक्राउ गरी जेलमा राखिँदै आएको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ