arrow

सी र पुटिनबीच विश्व शान्तिका लागि छलफल

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
xi-putin1.jpg

भ्लादिभोस्टोक, रूस। चीनका राष्ट्रपति सी चीनपिङ र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ।

भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्वमा शान्तिको सुरक्षा, र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका बिषयमा कुराकानी भएको बताइएको छ। भ्लालिभोस्टोकमा हुने चौँथो ‘इस्टर्न इकोनोमिक फोरम’मा सहभागी हुन रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा सी रूस आएका हुन्।

रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गरे। “हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,” रूसी राष्ट्रपतिले भने। उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सधैँ मजबुत रहँदै आएको बताएको बताइएको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ