arrow

बढुवा भएका डीआईजीले पाए कति अंक?

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
dig-aig.jpg

काठमाडौं। गृह मन्त्रालयले ३ जना डीआईजीलाई एआईजीमा वढुवा गरेको छ। गृह मन्त्रालय बढुवा समितिको सचिवालयले ३ डीआईजीलाई एआईजीमा बढुवा गरेको हो। 

बढुवा समितिका सदस्य सचिव तथा आईजीपी सर्वेन्द्र खनालले हस्ताक्षर गरेको बढुवा सूची अनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतको एआईजीमा बढुवा भएको हो ।

बरियतामा प्राप्ताङक अनुसार बढुवाको सूची सार्वजनिक भएको छ। कार्कीले ६९.०७१७ अंक ल्याउँदा राईले ६८.९५५० र बस्नेतले ६६.०५५० अंक ल्याएका छन्। 

बढुवा भएका डीआईजीले प्राप्त गरेको यो अंक आईजीपी हुने बेलामा काम लाग्ने गर्दछ। 

कार्कीको दरवन्दी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राईको लागू औषध नियन्त्रण व्यूरो र बस्नेतको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ