arrow

मुग्लिन–नारायणगढ सडक १८ घण्टापछि एकतर्फी सञ्चालन

दर खान हिँडेकाहरुलाई बिस्कुट र चाउचाउको भर

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
Mugling-Narayanghat.jpeg

रत्ननगर । अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । 

पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 

उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । 

दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले बुधबारदेखि दुईतर्फी सडक खुलाइने ढकालले बताए । 

सडक एकतर्फी खुलाएर गए रातिदेखि सवारीसाधनको चाप कम गराइ सहज पारिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । 

दिनभरको जामका कारण मुग्लिन–कुरिनटार क्षेत्रमा दोहोरो रुपमा सयौँ सवारीसाधन जाममा परेका कारण सडक खुलाउन बढी समय लागेको हो । 

पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम जारी छ । 

सडक अवरुद्ध हुँदा तीज मनाउन हिँडेका महिला बढी समस्यामा परेको बताइएको छ । 

तीजको दरमा मिठोमिठो खाने आकांक्षा बोकेकाहरु बिस्कुट र चाउचाउको भरमा बस्नुपरेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ