सरकारले जनतालाई सुरक्षा दिने बेला हिंसा पो बढाउने हो कि ! – चन्द्र भण्डारी
रमेश विश्वकर्मा
प्रकाशित २०७५ भदौ २७ बुधबार
485
Shares
तम्घास । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै बोल्ने काम कम गर्ने आरोप लगाएका छन् ।
प्रेस युनियन गुल्मीको ७ औं जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उनले देशमा हत्या हिंसा र बलात्कारका घटनाहरु बढिरहेका बेला सरकार मुख दर्शक बनेर हेरिरहेको भन्दै बोल्न भन्दा काम गरेर देखाउन आग्रह समेत गरेका छन् ।
देशमा शान्ति सुरक्षाको प्रत्याभुति गर्नुपर्ने र नेपाली जनतालाई विकासको अनुभूति दिनुपर्ने समयमा वर्तमान सरकारले परिवर्तनका कुरा गर्ने काम भने सिन्को पनि भाच्ने काम नगरेकाले सरकारले नेपाली जनतालाई विकासको अनुभूति दिन नसक्ने ठोकुवा गरे ।
अर्को एक प्रसङगमा नेता भण्डारीले प्रधानमन्त्रीले मन्त्री, स्थानीय तहहरुलाई परिचालन गर्न नसकेको दावी गरेका छन् ।
गृहमन्त्रीले सिन्डीकेट अन्त्यको घोषणा गर्ने, यातायात मन्त्रीले चाँसो नदेखाउने जस्ता कार्यहरु भएकाले पनि परिचालन फितलो भएको नेता भण्डारीको भनाइ छ ।
पछिल्लो समयमा बलात्कारका घटनाहरु प्रति पनि सरकार उदाशिन बन्दै गएको समयमा समस्या समाधान गर्नेतर्फ भन्दा पनि सरकारका मन्त्रीहरु स–साना योजनाहरुको शिलान्यास गर्दै हिँडिराखेकाले सरकारले आम नेपाली जनताको सुरक्षा दिनुपर्नेमा अझ हिंसा बढाउने हो की भन्नेमा शंका उत्पन्न भएको बताए ।
गुल्मी जिल्लाको बिकासको सन्दर्भमा आफुले गरेका कार्यहरु र नेपाली काँग्रेसको पहलमा भएका विकास निर्माणका योजनाहरु वर्तमान सरकारले पाँच बर्षसम्ममा पनि गरे रिडीमा फूलमाला लगाई सम्मान गर्ने चुनौती दिए ।
वर्तमान समयमा गुल्मी जिल्लाका केन्द्रीय दुई मन्त्री र परदेशमा एक मन्त्री भएता पनि विकासले गति लिन नसकेको भन्दै आफूले जति विकास गरेर देखाउन गुल्मीका मन्त्रीहरुलाई चुनौती समेत दिएका छन् ।
समाज र देश परिबर्तनमा संञ्चारको ठुलो भूमिका हने भन्दै भण्डारीले सत्य र तथ्यमा आधारित रहि कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
पत्रकारिता क्षेत्रमा पनि राजनीति हाबी बन्दै गएकोले त्यसबाट अलग रही कलम चलाउन सुझाब समेत दिएका छन् ।
नेपाल प्रेस युनियन गुल्मीको आगामी नेतृत्वले देश निर्माण र परिबर्तनमा सकारात्मक भुमिका खेली देशमा नमुनाको सुरुवात गुल्मीबाट गर्ने गरी कलम चलाउन आग्रह गर्दै सफलताको शुभकामना ब्यक्त गरे ।