arrow

डुंगा दुर्घटनामा एक सय भन्दा बढीको गयो ज्यान 

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
libya-migrants.jpg

लिबिया। लिबियाको तटीय क्षेत्रमा यही सेप्टेम्बरको सुरुवातमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या एक सय भन्दा बढी पुगेको छ । 

अवैधानिक रुपमा इटाली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । उनीहरु भूमध्यसागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए । 

फ्रेन्च च्यारिटी मेडिसिन्स सान्स फ्रन्टियर्स एमएसएफका अनुसार सुडान, माली, नाइजेरिया, क्यामरुन, घाना, लिबिया, अल्जेरिया र इजिप्टका उनीहरु दुर्घटनामा परेका हुन् । 

आप्रवासीहरुलाई इटाली प्रवेशमा रोक लगाइपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दै थिए ।

दुर्घटनाबाट बचेका २७६ जनालाई लिबियाई शहर खोम्स लगिएको छ । तर कतिपयले भने यी मानिसहरुलाई मनोमानी ढंगले हिरासतमा लिइएको जनाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवासी संगठनका अनुसार यस वर्ष भूमध्यसागर पार गर्न खोज्न १५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको सीएनएनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ