बा क्यान्सरले बितेपछि आमा पोइल गइन्, पाँच बालबालिकाको बिचल्ली
प्रकाशित २०७५ भदौ २७ बुधबार
700
Shares
बाजुरा । बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ ।
बेलायतमा बस्दै आएकी इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गरेकी हुन् ।
यस्तै बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गरेकी हुन् ।
बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु भएको थियो ।
बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् ।
बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजारा गरिरहेका छन् ।
बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले रु दुई हजार ५००, जिल्ला समन्वय समितिका सदस्य धनी थापाले रु एक हजार पाँच तथा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कमलकुमारी शाहले रु दुई हजार सहयोग गरेका छन् ।
सिर्जना बोगटीले तीजको दर खानका लागि छुट्याएको रकमबाट लत्ताकपडा सहयोग गरेकी हुन् ।