arrow

प्रधानमन्त्री ओलीको गृहजिल्लामा व्यवसायी मार्ने सद्दाम हुसेन ? 

logo
युवराज रेग्मी,
प्रकाशित २०७५ भदौ २७ बुधबार
saddam-hushain.jpg

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सद्दाम हुसेनलाई पक्राउ गरेको छ।  

सद्दामलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको छ। सद्दामले आफैले पौडेललाई पैसा लिन आउन भनी सोमबार बेलुका गौरीगन्ज बोलाएका थिए।

मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरी हत्या भएको थियो । 

पक्राउ परेका सद्दामले प्रहरी समक्ष आफुले पौडेलको हत्या गरेको स्वीकार गरिसकेका छन । 

झापाको गौरीगञ्ज गाउपालिका ६ को जुन स्थानमा मंगलबार व्यवसायी खेमराज पौडेलको हत्या भएको थियो सोही स्थानलाई अपराधीहरुले आपराधिक कर्मका लागि सुरक्षित स्थान ठानेका छन् ।

घटना भएकै  स्थानको ५० मिटर उत्तरपट्टि आजभन्दा ४ बर्ष अघि झापाको तत्कालिन जुरोपानी गाविस वडा नम्बर ५ निवासी भाइकाजी अधिकारीको समेत हत्या गरेर फालिएको अवस्थामा शब फेला परेको थियो । 

पौडेलको हत्यामा सम्लग्न अरु पनि हुन सक्ने भएकोले केही अन्य व्यक्तिलाई पनि अनुसन्धान गर्दै गरेको प्रहरीले जानकारी गराएको छ। यद्यपि प्रमाण जुटिनसकेकोले अन्यको भने परिचय प्रहरीले खुलाएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ