arrow

भारतमा भूकम्प, ३० सेकेन्डसम्म आयो, नेपालमा पनि असर

आसामको कोक्राझार केन्द्रविन्दू, ५.५ रेक्टर स्केल मापन

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
earthquake-FNL-new.jpg.png

काठमाडौं । भारतमा भूकम्प गएको छ । भूकम्प ५.५ रेक्टर स्केलको भएको रहेको बताइएको छ । आसामको कोक्राझारमा केन्द्रविन्दू भएर १० बजेर ३५ मिनेटमा भूकम्प गएको जनाइएको छ । टाढा टाढासम्म पनि यसको महसुस भएकाले पनि केन्द्रविन्दू वरिपरि बढी असर पारेको बताइन्छ । 

झण्डै ३० सेकेन्डसम्म भूकम्पको महसुस भएको थियो । आसाम, सिक्किम र उत्तर बंगालभर मानिसहरु सुरक्षित स्थानतिर लागेका छन् । 

कोलकातासम्म पनि यसको असर परेको बताइएको छ । रेलमा असर पर्न सक्ने देखिएको छ । 

पूर्वी नेपालमा पनि भूकम्पको महसुस भएको छ । भूकम्पको झड्का विराटनगरसम्म पनि महसुस भएको हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ