१० वर्षीयालाई जवरजस्ती करणी गर्ने प्रहरीको नियन्त्रणमा
प्रकाशित २०७५ भदौ २७ बुधबार
479
Shares
कञ्चनपुर । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
अभद्र व्यवहार गर्नेलाई कार्बाही
दश वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा बैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ ।
धरौटी रकम रु १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो । कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए ।
स्थानीयपवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । धरौटीवापतको रकम तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।