arrow

चिनियाँ लगानीको सिल्क रोड परियोजनाबारे पाकिस्तानका मन्त्रीको नकारात्मक टिप्पणी

पाकिस्तानका मन्त्रीबाट ५० बर्ष यताकै चीनका बारेमा खराब टिप्पणी

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
silk-road-china.jpeg

पाकिस्तान। चिनियाँ सरकारले लगानी गरेको अर्वौ डलरको सिल्क रोड परियोजनाको बिषयमा पाकिस्तान भित्रै टिका टिप्पणी हुन थालेका छन्। पाकिस्तानी सरकारी अधिकारीको स्तरबाटै यो परियोजनाको बारेमा टिका टिप्पणी भएको हो। पाकिस्तानमा चिनियाँ विदेशमन्त्री वाङ यी सहितका अधिकारीहरुको उच्चस्तरीय भ्रमण सकिएको भोलिपल्टै पाकिस्तानी अधिकारीको तर्फबाट आएको टिप्पणीले दुई देशबीचको सम्वन्धलाई अमिल्याउने आशंका गरिएको छ। 

पाकिस्तानको उद्योग वाणिज्य तथा लगानी मन्त्री अब्दुल रजाक दाउदले ५७ अर्व डलरको सिल्क रोड परियोजनको बारेमा टिप्पणी गरेका थिए। मन्त्री दाउदले फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) को बारेमा पनि भनेका छन्। उनले एक बर्षसम्म चिनियाँ लगानी भएका परियोजनाहरुलाई अध्ययन गरेर अघी बढ्नु पर्ने बताएका थिए। 

चिनियाँ लगानी ल्याउने नाममा चिनियाँ कम्पनीहरुलाई नवाज सरिफ सरकारले पनि अत्यधिक छुट र सहुलियत दिएको पनि मन्त्री रजाकले बताए। चिनियाँ कम्पनीहरुलाई दिएको छुटका कारण पाकिस्तानी कम्पनीहरु अप्ठयारोमा रहेको जुन उपयुक्त नभएको उनले बताए। पाकिस्तानमा सार्वजनिक रुपमा चिनियाँ लगानी र चीनका बारेमा टिप्पणी विरलै हुने गरेपनि सरकारका मन्त्रीको यो टिप्पणीलाई अघिल्लो सरकारका एक मन्त्री मोहम्मद जुवेरले दिमाग घुमाउने खालको भनि प्रतिक्रिया दिएका छन्।

पछिल्लो पचास बर्षमा चीनका बारेमा बोलेको यो सबैभन्दा कडा टिप्पणी भएको उनको प्रतिक्रिया छ। चीनसँगको केहि समस्या भएको भए आन्तरिक रुपमा हल गर्नुपर्नेमा यसलाई सार्वजनिक गरिएकोमा उनले अनौठो माने। चीन सरकारले भने पाकिस्तानी मन्त्रीकव टिप्पणीको बारेमा केहि प्रतिक्रिया जनाएको छैन। 

मन्त्रीले आफ्नो अभिव्यक्तिको बारेमा स्थानिय मिडियालाई भने सच्चाएर कुरा राखेका थिए। पाकिस्तान अहिले विदेशी मुद्राको अभावबाट गुज्रिरहेको छ भने पाकिस्तानी मुद्राको पनि एक बर्षको बीचमा ४ पटक गरि २० प्रतिशत अवमूल्यन भएको छ।  यसअघी चीनले जुलाई २५ मा भएको चुनाव अघी जुनमा विदेशी मुद्राको सञ्चितीको अवस्थामा सुधार ल्याउन एक अर्व डलर ऋण दिएको थियो।  रोयटर्सको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ