arrow

कञ्चनपुरमा कालो सारीमा तीज, निर्मलाका बाबु आमा न्याय खोज्दै काठमाडौंमा 

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
kalo_sarima_teej.jpg

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज)को छुट्टै महत्व छ । शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो पर्वमा शिव भनेको पति अथवा प्रेमी । विवाहितले पतिको दीर्घायु र अविवाहितले उपयुक्त वर पाइयोस् भनि कामना गर्दछन् । 

प्रदेश ७ को कञ्चनपुर कैलालीमा फरक रुपमा तीज मनाईएको छ । कञ्चनपुरका महिलाले बलात्कारविरुद्ध कालो साडी लगाएर तीज मनाएका छन् भने कैलालीका महिलाले यो तीजलाई कालो तीजका रुपमा मनाएका छन् ।  १३ वार्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग राखेर कञ्चनपुरका महिलाहरु कालो सारी लगाएर तीज मनाएका हुन् । 

उनीहरुले महेन्द्रनगर मदन चोकमा निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न दबाब स्वरुप कालो साडी लगाएर विरोध गरे । 
शेलेन श्रेष्ठको नेतृत्वमा निर्मला पन्तका बलात्कारीलाई सार्वजनिक गर, बलात्कारीलाई फासीको सजायका लागि सविधान सशाधेन गर भन्ने व्यानर सहित महिलाहरु कालो सारी लगाएर महेन्द्रनगर बजारको चौकमा जम्मा भएर सरकारलाई दबाब दिए । यसअघि महेन्द्रनगरमा स्थानीय पर्व गौरालाई पनि विरोधकै रुपमा मनाइएको थियो ।

निर्मलाका बुबा आमा भने न्याय खोज्दै काठमाडौं पुगेका छन् । निर्मलाका बुबा अामाले गृहमन्त्री, प्रहरी महानिरीक्षक, प्रधानमन्त्री र राष्ट्रपतिलाई न्यायका लागि गुहारेका छन् । उनीहरुकाे काठमाडाै‌ं अाएकै बेला उच्चस्तरीय छानविन समितिमा ठूलाे नाटक भएकाे छ । छानविन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् । दबाबमा वा लाेभमा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ