arrow

पत्रकार शम्भु श्रेष्ठलाई पक्राउ गर्न उर्दी जारी गरेकोमा नेकपाका नेता भट्टराईको आपत्ती

पत्रकार राजु बस्नेतलाई नियन्त्रणमा लिएकोमा काँग्रेस नेताहरु रुष्ट

logo
प्रकाशित २०७५ भदौ २७ बुधबार
yogesh-bhattarai1.jpg

काठमाडौं। दृष्टी साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पक्राउ गर्न उर्दी जारी गरेको भन्दै नेकपाका नेता योगेश भट्टराईले आपत्ती प्रकट गरेका छन्। 

नेकपाकै नेताहरु हिसिला यमी र राजकाजी महर्जनसँग जोडिएको हरिसिद्धी इटा तथा टायल कारखानाको जग्गाको बारेमा प्रकाशित समाचारको बिषयमा खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेत पक्राउ भएको ३ दिन पछि बुधवार श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न उर्दी जारी गरेको थियो। 

श्रेष्ठ सम्पादक रहेको दृष्टीको अनलाइन संस्करणमा छापिएको समाचार साभार गर्ने खोजतलास डटकमका सम्पादक बस्नेत पक्राउ परेको बिषयमा सर्वत्र विरोध भएपछि श्रेष्ठलाई प्रहरीले सोधपुछको लागि बोलाएको थियो। 

बस्नेतलाई पक्राउ गरेबाट नै आलोचनाको पात्र बनेको सरकार र नेपाल प्रहरी श्रेष्ठलाई पक्राउ गर्ने उर्दी जारी गरेबाट फेरि विवादमा तानिएको छ। 

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र पत्रकारलाई पक्राउ गर्ने उर्दी जारी गर्ने कार्यको राजनीतिक दलका नेता कार्यकर्तादेखि पत्रकारीता क्षेत्रका सरोकारवालाहरुले विरोध गरेका छन्। अधिकारकर्मीहरुले पनि पत्रकार पक्राउको विरोध गरेका छन्। 

नेकपाका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा एकजना स्थापित बरिष्ठ सम्पादक शम्भु श्रेष्ठलाई पक्राउ गरि ल्याउने उर्दी जारी गरेर नेपाल प्रहरीले के को बहादुरी देखाउन खोजेको भन्दै प्रहरीको कार्यमाथि गम्भिर प्रश्न उठाएका छन्। नेता भट्टराईले काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर जस्तो देखिने यो कार्यलाई आफूले नबुझेको उनको प्रतिक्रिया छ। 

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरेर नेकपाको नेतृत्वको सरकारले अधिनायकवादी तथा फासिवादी चरित्र देखाएको बताए। उनले पत्रकारलाई जेल हालेर सत्यलाई छोप्न नसकिने चेतावनी दिदै विनाशर्त पत्रकार बस्नेतलाई रिहा गर्न माग गरेका छन्। 

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले समाचार लेखेकै भरमा पत्रकारलार्इ हत्कडी लगाएर सरकारले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन गरेको जनाएका छन्।

खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेत पक्राउको घटनाले कम्युनिष्ट सरकार मिडियालार्इ नियन्त्रणमा राख्न चाहन्छ भन्ने कुरालार्इ पुष्टी गरेको राणाले बताए। राजनीतिक आस्थाका आधारमा पत्रकारलार्इ धरपकड गर्ने र आलोचनालार्इ निस्तेज पार्ने कार्य अधिनायकवादी चरित्र भएको उल्लेख गर्दै राणाले तत्काल पत्रकार राजु बस्नेतलार्इ रिहाइ गर्न सरकारसंग माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ