arrow

निर्मलाका बाबुआमाले भने –‘प्रधानमन्त्रीले झुठो बोल्नुभयो’ 

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
nirmala-pant-babu-aama.jpg

काठमाडौं । कञ्चनकपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमाले प्रधानमन्त्री केपी शर्मा ओलीले झुठो बोलेको आरोप लगाएका छन् । 

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्यारा अझै पक्राउ नपरेको अवस्थामा जनतासंग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्मलाका  बारेमा राजनीति भएको आरोप लगाएका थिए । 

प्रधानमन्त्री ओलीले पक्राउ परेका बम दिदीबहिनीहरुमाथि हिंसा भएको मात्र बताएका थिएनन् निर्मलाको शव परिवारले घर लिएर गएको र त्यसपछि मेयरको घरमा समेत लगेर राजनीति गरेको बताएका थिए । 

त्यसबारेमा निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीले प्रधानमन्त्रीले झुठो बोलेको आरोप लगाए । यज्ञराजले भने, छोरीको शव हामीले घरमै ल्याएनौं, मेयरको घरमा पनि पुर्याएनौं, पोष्टमार्टमपछि सीधै दाहसंस्कार गरिएको थियो, प्रधानमन्त्रीले फेरि किन झुठो बोल्नुभयो ?’

उनीहरुले प्रधानमन्त्री ओलीले अपराधीको संरक्षण गरेको आरोपसमेत लगाए । उनले छोरीका हत्यारा पत्ता लगाउन दवाव दिन शान्तिपूर्ण आन्दोलन गरेका बेलामा प्रहरीले आक्रमण गरी एक जनाको ज्यान लिनु गलत भएको भन्दै त्यस्ता प्रहरीलाई पनि कार्वाही गर्नुपर्ने बताए । 

यज्ञराज र दुर्गादेवी छोरीका बलात्कारी र हत्यारा पत्ता लगाई कार्वाही गर्न माग गर्दै नौं अधिकारकर्मीसहित काठमाडौं आएका हुन् । 

उनीहरुले न्यायको आश मर्यौ भन्दै झिनो आशा बोकेर राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई भेटेर हत्यारालाई कार्वाही गर्न माग गर्ने बताएका छन् । 

झुठो बोलेका प्रधानमन्त्रीले फेरि भेट दिने हुन् वा नदिने हुन् वा फेरि के भन्ने हुन् उनीहरु अलमलमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ