arrow

नेकपाको उल्झन जारी, सांगठनिक एकीकरणको टुंगो अझै लागेन 

बैठक बिहिबार पनि 

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
nekapa.JPG

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सांगठनिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा विचार विमर्श भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको सरसल्लाह र परामर्शअनुसारको प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा उक्त प्रतिवेदनमाथि छलफल शुरु भएको हो । 

सो बैठकमा अध्यक्षद्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ । 

बैठकमा उठेका विषयमाथि थप परामर्श गर्न पार्टीले बिहिबार दिउँसो ३ बजे पुनः बैठक बोलाएको छ । 

जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।     

साउनभित्रै सांगठनिक एकीकरण हुने बताइएको थियो । त्यो मिति भदौ ५ लाई सारियो । तर यो महिना कुनै पहल नै हुन सकेन । पार्टीको बैठकसमेत पनि बस्न निकै कठिन भएको थियो । 

केन्द्रमा एकता भए पनि प्रदेश र स्थानीय तहमा पार्टी नै एकता हुन नसकेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ